काठमाडौँ, ५ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेत्र विशेषज्ञ डा सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेको बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत बधाई दिँदै प्रचण्डले मानव कल्याणको क्षेत्रमा डाक्टर रुइतको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको बताएका छन् । राज्यसँग उनले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने पनि प्रचण्डको भनाइ छ ।

डाक्टर रुइतले बहराइन सरकारले दिने प्रतिष्ठित इसा अवार्ड पाएका छन् । अवार्डसँगै डाक्टर रुइतले १३ करोड रुपैयाँ प्राप्त गर्नेछन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *