दमक, ५ माघ–झण्डै १३ १४ बर्षअघि ठूलै सघर्ष र मिहेनतबाट दमकको चिया दोकानमा व्यवसाय सुरुवात गरेका अशिम राई राजनीति भन्दा व्यवसाय र समाजसेवामा सक्रिय छन् । राजनीतिबाट माथि उठेर व्यवसायमा सक्रिय अशिम यतिवेला दमकमा स्थापित व्यवसायीको रुपमा परिचित छन् ।
दमक उद्योग बाणिज्य संघको कार्य समितिको सदस्य पदमा निर्वाचित भइसकेका अशिमले यस पटकको निर्वाचनमा तृतीया उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
हक्की र निडर स्वभावका उनीअन्याय नगर्ने मात्रै होइन अन्याय सहनु पनि हुँदैन भन्ने मान्यता राखेर व्यवसायीहरुको नेतृत्वदायी साझा संस्थामा लागिपरेका राई बताउँछन् ।
२०७६ को दमक उद्योग वाणिज्य संघको निर्वाचनमा पहिलो पटक लडेर कार्यसमिति सदस्यमा निर्वाचित भएका राईले आफनो कार्यकालमा आफनो पदीय दायित्व भित्र रहेर प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेका कारण पुनः यसपटकको निर्वाचनमा अपग्रेड हुँदै चुनावी मैदानमा छन् । मेरो उम्मेदवारी काम गर्नका लागि भएको उनको बुझाई छ ।
प्रगतिशील समूहबाट अध्यक्षका उम्मेदवार बिमल खतिवडाको प्यानलबाट चुनावी मैदानमा उत्रिएका राईले आफनो जिवनका संघर्षपूर्ण क्षणहरुको सामना गर्दै गरिखाने उमेरसंगै आफैं स्वरोजगारको अवसर सिर्जना मात्रै गरेका छैनन अहिले प्रत्यक्ष रुपमै १२ जना अरुलाई पनि रोजगारीको अवसर दिदै आएका छन् । बाबु-बाजेले कमाएको जेथामा नभई आफनै मेहनत र पसिनाबाट सिञ्चित व्यवसायमा जमेका छन् राई ।
म भाडामा व्यवसाय थालेर सुख-दुख भोग्दै यहाँसम्म आएको हुँ, व्यवसायिक क्षेत्रका हरेक समस्याहरुका बारेमा म जानकार छु, पीडा जसलाई थाहा हुन्छ पीडाबाट मुक्त हुने उपाय पनि उसैले खोज्न सक्छ, अहिले सारा व्यवसायीहरुको समस्यामा साझेदारी गर्दै समस्या समाधानको लागि मेरो उम्मेदवारी हो–चुनावी मैदानमै रहेका तृतीय उपाध्यक्षका उम्मेदवार राईले भने ।
एक छोरी, एक छौरा र श्रीमतीसहित दमक चिया दोकानमा बसोबास गर्नुहुने राईले सुम्निमा फर्निचर, रोश्नी काष्ठ स-मिल सञ्चालन गर्दै आएका छन् । दमक ६ चौकमा रहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षका रुपमा रहेर क्रियाशील छन् ।
हाम्रोसरोकार अनलाई डिजिटल पत्रिकाको सञ्चालक समेत रहेको अशिम राई लायन्स क्लब माउण्ट मकालुमा आवद्ध रहेका छन् ।
