दमक, ६ माघ–युवाहरुबीच छुट्टै परिचय बनाइसकेका चर्चित गायक नन्दु गुरुङको स्वरमा ‘आउँदैछु पियारी….’ गीतको भिडियो सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक गुरुङको ‘आउँदैछु पियारी…..’ नयाँ गीत हो ।
शुक्रबार सो गीतको भिडियो ‘भावसागर ईन्टरटेनमेन्ट’ युट्युव मार्फत सार्वजनिक हो । म्यूजिक भिडियो सार्वजनिक अघि गायक गुरुङले सञ्चारकर्मीसंग कुराकानी गर्दै ‘आउँदैछु पियारी…….’ गीतले नेपाली दर्शक तथा श्रोताहरुबीच गतिलो छाप छाड्ने बताए ।
झण्डै दुई दर्जन बढी गीतहरुमा आफ्नो कर्णप्रिय आवाज दिइसकेका गुरुङले छिट्टै अर्को कोशेली लिएर आउने समेत बताए । पछिल्लो समय उनी स्टेज कार्यक्रममा दर्शक तथा श्रोताहरुको मनभित्र बस्न सफल छन् ।
वरिष्ठ कवि तथा गीतकार अम्विका गुरुङको शब्द रचना रहेको गीतमा चर्तित मोडल सुधिर श्रेष्ठ र सुशिला थापाको फिचरिङ छ ।
शंकर थापा स्माईलको संगीत रहेको उत्त गितको भिडियोलाई निशान घिमिरेले निर्देशनरछायांकन तथा सम्पादन गरेका हुन्। गीतको छाँयाङ्कन दोलखा जिल्लाको कालिन्चोकस्थित रमणीय स्थानहरुमा गरिएको छ।
