दमक, ७ माघ–दमक उद्योग वाणिज्य संघमा गोपाल (देबीप्रसाद) गुरागाई नेतृत्वको लोकतान्त्रिक व्यवसायी प्यानलले सानदार जित हासिल गरेको छ । शुक्रबार सम्पन्न निर्वाचनपछि शनिबार बिहान प्राप्त मत परिणम अनुसार कांग्रेसको नेतृत्वमा रहेको राप्रपा र जसपासहित माओवादी केन्द्रको विद्रोही समुहका व्यवसायीहरुको लोकतान्त्रिक प्यानलका अधिकांश उम्मेदवारहरु बिजयी भएका हुन ।
शनिबार बिहान ४ बजे सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार संघको अध्यक्षमा गोपाल (देवीप्रसाद) गुरागाइँले ९८५ मत ल्याएर बाजी मारेका छन । अध्यक्षका अर्का प्रत्यासी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्बद्ध प्रगतिशील व्यवसायीहरुको संयुक्त प्यानलका विमल खतिवडाले ६५१ मत ल्याएका छन ।
संघको वरिष्ठ उपाध्यक्षमा राजु खडका (८८२ मत) ल्याएर विजयी हुँदै गर्दा उनका प्रतिष्पर्धी प्रगतिशीलका राजन दंगालले ७१५ मत ल्याएका थिए । त्यसैगरी, प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङयाले ८२९ मत ल्याएर बिजयी हुदाँ उनका प्रतिद्धन्दी प्रगतिशीलका भरत चम्लागाईले ७८३ मत पाए ।
यस्तै, द्वितिय उपाध्यक्षमा लोकतान्त्रिकका विजयी ज्ञाननाथ पौडेल (ज्ञानु) ले १००७ मतका साथ विजयी भए । सो पदमा प्रगतिशीलकी उम्मेदवार बिन्दु सिटौला (लक्की) ले ६०३ मत पाईन भने तृतीय उपाध्यक्षमा रुबल अधिकारीले ९६९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्दी प्रगतिशीलका असिम राईले ६३१ मत पाए ।
महिला सदस्यमा तुम्बापो र अधिकारी
दुई सदस्य महिला सदस्यको कोटामा दुवै समूहले बरावरी जितेको छ । जसअनुसार प्रगतिशील समुहकी कविता अधिकारीले १०१२ र लोकतान्त्रिककी संगीता तुम्बापो (१०६८) मतका साथ विजयी भईन् ।
खुल्ला छ जना सदस्यमा एक जना प्रगतिशीलका उम्मेदवार उमेश गजमेर, विजयी भए । खुल्ला सदस्यमा लोकतान्त्रिकका तर्फबाट टिकाराम खतिवडा (९३९), तुलसीराम तिम्सिना (९६९), कमल कटुवाल (८३९), सुवासचन्द्र गड्तौला (८४२) , र हेमसागर अधिकारी (९०४) मत ल्याउदै विजयी भए ।
लेखा संयोजकमा चम्लागाई
लेखा समिति संयोजकमा लोकतान्त्रिककै नेत्र प्रसाद चम्लागाईले ९६५ मत प्राप्त गरि विजयी भए । उनका प्रतिष्पर्धी प्रगतिशीलका मुकुन्द आचार्यले ६७१ मत पाए । तीन सदस्यीय लेखामा अन्य दुई जना सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।
बस्तुगत र लेखा सदस्य निर्विरोध
२२ सदस्यीय नयाँ कार्यसमितिमा संघको महिला उपाध्यक्षसहित ७ सदस्यीय बस्तुगत सदस्य तथा लेखा समिति सदस्यका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक लीला गुरागाईले बताए ।
महिला उपाध्यक्ष पदमा शुष्मा निरौला केसी ,बस्तुगततर्फ सदस्यतर्फ मोवाइलबाट भेनस श्रेष्ठ, रेडिमेडका संजीव बराल, सुनचाँदीका विवेक श्रेष्ठ, अटो मोबाइलका प्रकाश नेपाल, ग्याँसका तिलक डाँगी, भाडावर्तनकी अञ्जना ताम्राकार र किरानाका दिपक प्रसाद गौतम निर्वाचित भएका जनाइएको छ । ती मध्ये गौतम मात्र प्रगतिशील समुहका हुन् ।
यस्तै, तीन सदस्यीय लेखा समितिको सदस्यमा संयुक्त लोकतान्त्रिकका पदम राउत र प्रगतिशील समूहबाट षडानन्द घिमीरे निर्विरोध भएका थिए । शुक्रवार सम्पन्न मतदानमा संघमा आवद्ध कुल २ हजार १६ जना व्यवसायी मतदाता मध्ये १६ सय ८९ मत खसेको थियो ।
