काठमाडौं, ७ माघ–सांसद प्रभु साहले उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन नल्याउने दावी गरेका छन् । आज (शनिबार) को प्रतिनिधिसभा वैठकमा बोल्दै सांसद् साहले पदले समाज परिवर्तन नहुने बताएका छन् ।

साहले भने, ‘आवश्यकताका आधारमा पद सिर्जना गरिरहेका छौं । भागबण्डाले देशलाई समृद्धिमा लैजान्छ । अहिले बनेका उप यति जरुरी थियो नेपालमा । उपप्रधानमन्त्रीको झुण्डले के देशमा सुशासन ल्याउँछ ? के नेपाली जनतालाई उत्साहित गर्छ ।’

सदाचारका कुरा मात्रै गर्न नहुने बताउँदै उनले भने, ‘उपप्रधानमन्त्री के का लागि बनाइएको हो ? सदाचारका कुरा गर्ने । पदको सृष्टि गरेर देश समृद्ध हुँदैन ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *