काठमाडौँ, ७ माघ–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नवौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ ।

मंगलबारदेखि कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको हो । बैठकमा महासचिव विप्लवले राखेको दस्तावेज (प्रस्ताव) पास भएको छ ।

बैठकमा १ सय २९ जना केन्द्रिय सदस्यहरुले महासचिवको दस्तावेज र आ-आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गर्दै धारणा राख्ने क्रम सकिएको सो पार्टीका एक केन्द्रीय सदस्य जानकारी दिए ।

महासचिव विप्लवले बैठकमा ‘पार्टी योजनालाई कडाइपूर्वक लागू गरौं, एकीकृत जनक्रान्तिलाई अगाडि बढाऔँ’ भन्ने शीर्षकको ११ पृष्ठ लामो दस्तावेजमा प्रस्तुत गरेका थिए ।

बैठकमा सहभागी केन्द्रीय सदस्य हरुले उक्त प्रस्तावमाथि आफ्नो धारणा राखेका थिए । शनिबार महासचिव विप्लवले केन्द्रीय सदस्यहरुका जिज्ञासा, सुझाव र योजनाका विषयमा प्रशिक्षण दिएका थिए । बैठक आइतबार बिहान ८-३० बजेकासम्मका लागि स्थगित भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *