धरमपुर, ८ माघ–झापाको शिबसताक्षी–१ धरमपुरमा सात दिने उदघोषण तथा पत्रकारिता तामिल आज (आइतबार) बाट सुरु भएको छ । नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय समितिले आयोजना धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयमा सुरु भएको तालिमलाई वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङले उद्घाटन गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषदका अध्यक्ष अर्जुन चाम्लिङ राईको अध्यक्षतामा तालिम उद्घाटन भएको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष चेम्जोङले आदिवासी जनजाति युवाहरुले आफ्नो व्याक्तित्व निर्माण र विकासका लागि तालिमबाट लाभ लिनुपर्नेमा जोड दिनुभयो । वहाँले आधुनिकता, प्रविधि र प्रतिस्पर्धाको समयमा अहिलेको युवाहरुमा विद्यालय र कलेजको अध्ययनले मात्र नहुने भन्दै युवा लक्षित व्याक्तित्व निर्माण र क्षमता विकासका तालिममा सहभागि हुन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तैं, तालिम उद्घाटनको अवसरमा आदिवासी जनजाति महासंघ शिबसताक्षी नगर अध्यक्ष धनबहादुर राईले बदलिदो समाज र राष्ट्रको निम्ति युवाहरुले नेतृत्वदायी भूमिका देखाउन सक्नु पर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा लक्ष्मी नारायण माध्यमिक विद्यालयका प्रधानध्यापक खगेन्द्र बहादुर लम्जेल, वडा सदस्य पूर्णजङ्ग चेम्जोङ, आदिवासी जनजाति महासंघ शिबसताक्षी नगर सचिव राम ताजपुरिया, सुनुवार सेवा समाजका नगर अध्यक्ष भीमबहादुर सुनुवार, किरात याक्खा छुम्मा नगर सचिव भीममाया देवान, लक्ष्मी नारायण माध्यमिक विद्यालय व्यस्थापन समिति अध्यक्ष भीम बहादुर खवासले तालिम सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
धरमपुरका २७ जना आदिवासी जनजाति युवाहरुको सहभागिता रहने तालिमलाई सञ्चारकर्मी तथा रेडियो प्रस्तोता देशराज नेम्बाङले प्रशिक्षक तथा सहजिकरण गर्नुहुने आयोजक संस्था आदिवासी जनजाति महासंघ वडा समन्वय परिषदका अध्यक्ष अर्जुन चाम्लिङ राईले जानकारी दिनुभयो ।
सो तालिम उद्घाटनको अवसरमा तालिम आयोजना गर्नुका साथै औचित्यमाथि कवि तथा युवा व्यवसायी निहाङ किरातीले गर्नुभएको थियो भने समन्वय परिषदका सचिब पुर्ण राजवंशीले संचालन गर्नुभएको थियो ।

