धरमपुर (शिबसताक्षी), ८ माघ–झापाको धरमपुरका तामाङ समुदायले आज (आइतबार) २८५९औं सोनाम ल्होछार मनाएका छन् । शिबसताक्षी–१ धरमपुरस्थित शुक्रबारेमा स्थानीय तामाङ समुदायले धुमधामका साथ सोनाम ल्होछार मनाएका हुन् । युवा व्यवसायी, सामाजिक अगुवा, खेलकुदकर्मी समेत रहनुभएका धरमपुर तामाङ समाजका अध्यक्ष पेमा लामाको सक्रियतामा पछिल्लो वर्षहरु धरमपुरका तामाङ समुदायले निरन्तर सोनाम ल्होछार मनाउदै आइरहेका छन् ।

धरमपुर तामाङ समाजका अध्यक्ष पेमा लामाका अनुसार तामाङ समुदायको सवै भन्दा ठूलो चार्डपर्वको रुपमा मनाउदै आएको सोनाम ल्होछारको अवसरमा धरमपुरका तामाङहरुबीच एकताको शन्देस दिन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा तामाङ जाति वा समुदायको मौलिक कला, संस्कृति र भेष भूषामा सजिएका युवा युवतीहरुले मनोरञ्जनात्मक गीतहरु प्रस्तुत गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

सो अवसरमा शिबसताक्षी–१ का वार्ड अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङले तामाङ जातीको पहिचानलाई जोड्ने सोनाम ल्होछारलाई आगामी वर्षमा विकसित गर्दै लैजान आयोजक संस्थालाई आग्रह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडा अध्यक्ष चेम्जोङले सोनाम ल्होछारको अवसरमा तामाङ समुदाय र अन्य जाति वा समुदायलाई शुभकामना दिनुभएको थियो ।

धरमपुर तामाङ समाजका सचिव प्रदिप तामाङले २८५९औं सोनाम ल्होछारको अवसरमा धरमपुरका स्थानीयवासी तामाङ दाजुभाईहरुको भेला हुनुका साथै संय्क्त रुपमा खानपान र नाचगान गरि मनाइएको बताउनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *