काठमाडौँ, १० माघ–भारतीय चर्चित सिङ्गिङ रियालिटी शो सारेगामापा लिटिल च्याम्पस सिजन-९ को विजेता ९ वर्षीया जेतशिन डोना लामा भएकी छिन् ।

आइतबार, साँझ भएको सारेगमपा लिटिल च्याम्पसको ग्राण्ड फिनालेबाट सिक्किमकी ९ वर्षीया लामा विजेता बनेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन् ।

जेतशिनले हर्ष सिकन्दर र न्यानेश्वरी घाडगेलाई उछिन्दै विजेता बनेकी हुन् ।लामासँग हर्ष सिकन्दर फर्स्ट रनर अप र न्यानेश्वरी घाडगे सेकेण्ड रनरअप भइन् ।

पछिल्लो ३ महिनादेखि जारी सारेगमप भारतको चर्चित टेलिभिजन रियालिटी शो मध्‍येको एक हो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *