दमक, ११ माघ–जनता समाजवादी पार्टी (जसपा) नेपाल दमक नगर समितिले नगरभित्रमा सञ्चालित सार्वजनिक महत्वका चासो र सरोकारका विषयमा दमक नगरपालिककालाई १४ बुदे ध्यानकर्षण पत्र बुझाएको छ । बुधबार, जसपा दमक नगर समितिले नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई र प्रमुख प्रशासकिय अधिकृत शशि राईलाई अगल-अलग ध्यानकर्षण पत्र बुझाएको हो ।

जसपा नेपाल दमक नगर अध्यक्ष महेन्द्र चाम्लिङ राईको नेतृत्वमा नगरपालिकामा आएको प्रतिनिधि मण्डलले सो ध्यानकर्षण पत्र बुझाएका हुन् । दमक नगर समितिका सचिव हरि राईले सञ्चालन गर्नुभएको कार्यक्रममा पार्टीका नगर अध्यक्ष महेन्द्र चाम्लिङ राईले १४ बुदे ध्यानकर्षण पत्र बुझाएका थिए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य देउकुमार नेम्बाङ, जनत समाजवादी महिला संघ प्रदेश १ की अध्यक्ष तथा केन्द्रिय सदस्य ओममाया आङदम्बे, प्रदेश समिति सदस्य धिरेन लावोती, झापा क्षेत्र नं ५ का अध्यक्ष गंगाप्रसाद दुलाल, समाजवादी महिला संघ दमक नगर अध्यक्ष अमला राई लगायतका नेताहरुको उपस्थिति थियो ।

दमकस्थित फाल्गुनन्द चौकमा अवस्थित दमक अस्पतालमा सेवाग्राहीहरुले भोग्नुपरेको समस्या र पीडालाई सामाधान गर्न र छिटो–छरिटोसहित सहजताका साथ उपचारको व्यवस्था मिलाउन समेत सो ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

अस्पतालभित्र सेवाग्राहीका लागि सौचालय, पिउने पानी, सवारी पाकिङ, ओपिडीमा देखिएको अव्यवस्थित भिडभाँड, बिमा काउन्टर अघि जेष्ठ नागरिक, गर्भवती महिला, शारिरिक अशक्तहरुले लाइनमा भोग्नु परेको समस्याप्रति नगरपालिकालाई ध्यानकर्षण गराइएको छ ।

अस्पताल अस्त-व्यस्त अवस्थामा छ । स्वास्थ्य संस्था जस्तो क्षेत्रमा राजनीतिक हुन नदिन र व्यवस्थित रुपमा सञ्चालन गर्न जसपा दमकको तर्फबाट सकारात्मक सहयोग रहने भन्दै स्वास्थ्य बीमा कार्यक्रमलाई दमक अस्पतालसहित अन्य अस्पतालहरुबाट समेत सेवा उपलब्ध गराउन नगरपालिकालाई आग्रह गरिएको छ ।

त्यस्तैं, दमक नगरभित्रको सडक र गल्लिहरुमा निर्माण हुदै गरेको कालोपत्रमा गुणस्तरीयह्रिन सामाग्रीहरु प्रयोग भइरहेकोप्रती जसपा दमक नगर समितिको गम्भिर ध्यानकर्षण भएको जनाएको छ । सडक ग्राभेल भएका सडकहरुमा खाल्डाखुल्डी भएको र जसले सवारी अवागमनमा समस्या हुनुका साथै दुर्घटना समेत भइरहेको ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

दमक चौकको राजमार्ग आसपासमा सवारी साधनको अव्यस्थित पाकिङ, ठूला तथा निजी अस्पताल र फार्मेसी पसलहरुको अघि पाकिङ गरिएको सवारी साधनहरुको कारण अवागमनमा समस्या भएको भन्दै जसपा दमक नगर समितिले सो समस्या तत्काल सामाधान गर्न आग्रह गरेको छ ।

दमकको सौन्दर्यता बढाउन नगरपालिकाले सञ्चालन गरिरहेको योजनालाई जसपा दमक नगर समितिले स्वागत तथा सहयोग गर्ने भएपनि दमक बजारभित्र र राजमार्गको दायाँबायाँमा अस्थाई रुपमा राखिएको फाष्टफूड व्यवसायहरुलाई हटाएर उचित स्थानको प्रवन्ध गरी उनिहरुको समस्या सुल्झ्याउन सो ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *