डिकेन्द्र बस्नेत/झापा, ११ माघ–बिलिभर्स इस्टर्न चर्च बिर्तामोड डायोसिस अन्तरगत सेन्ट पावल बिलिभर्स इस्टर्न चर्च बिर्तामोडले बुधबार ५० थान ब्लाङकेट वितरण गरेको छ ।

डिकन फादर समर वाग्लेको संयोजनमा बिर्तामोड नगरपालिका वार्ड नम्बर ४ कालिका टोलमा रहेका अति विपन्न परिवार, वृद्धवृद्धा असाहाय तथा अशक्तहरुलाई ५० थान न्यानो बल्याङ्केट बितरण गरिएको हो ।

संयोजक वाग्लेका अनुसार“चिसोको मौसमलाई मध्य नजर गरेर, त्यहाँ बसोबास गर्नेहरूले एउटा ब्लाङकेटसम्म किन्न नसक्ने नाजुक अवस्था भएकोले समाजिक सेवा अन्तर्गत समाजमा बसोबास गर्ने अति विपन्न परिवारलाई निस्वार्थ प्रेम साथै ख्रिस्टको प्रेमस्वरूप उहाँहरूलाई ब्लाङकेट वितरण गरेको हो ।”

बिर्तामोड नगरपालिकाका वडा नम्बर ४ वडा अध्यक्ष राहुल शर्मा, बिलिभर्स इस्टर्न चर्च बिर्तामोड डायोसिस प्रमुख भिकार जनरल रेभ।फादर डा.चित्रकुमार रूपाचा, सेन्ट पावल बिलिभर्स इस्टर्न चर्च बिर्तामोडका डि।फादर समर वाग्ले समाजको बुद्धिजिवि छवि लाल बिश्वकर्मको उपस्थितीमा ब्लाङकेट वितरण गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *