दमक, १२ माघ–श्रीपञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर झापाको दमकमा क्रियाशिल सुन्दर समाज नेपालले दमकस्थित दिपीनि आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ।

समाजकी अध्यक्ष बिन्दु सिटौला लक्की, संस्थापक अध्यक्ष रुपा सेलिङ, जमुना शेर्मा , गंगा ढकाल, मनु साम्पाङ, विमला जोशी, पुनम सुब्बा, अनु ताजपुरीया, झरना लक्सम र कुसुम ढुंगेल लगायत पुगेका समाजका पदाधिकारी र सदस्यहरुले त्यहाका विद्यार्थीलाई न्यानो कपडा र जुरफ वितरण गरेको अध्यक्ष सिटौलाले बताउनुभयो ।

यसअघि, सुन्दर समाजले बुधबार दमक-७ स्थित नमुना बस्तीमा बालबालिका र केही ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको थियो ।

सोक्रममा समाजकी अध्यक्ष सिटौलाले आँफुहरुको सामाजिक कार्यको अभियान जारि रहेको भन्दै सरस्वती पुजाको दिन दिपीनि स्कुलका बालबालिकालाई पनि न्यानो कपडा वितरण लगायतका कार्यक्रम रहेको बताउनु भएको थियोे ।

सोही अनुसार समाजले आज दिपीनीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो। समाजले सामाजिक कार्यमा निक्कै ठुलो लगानी गर्दै आएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *