दमक, १४ माघ–झापाको धरमपुरमा गत हप्तादेखि सञ्चालन भएको उद्घोषण तथा पत्रकारिता तालिम आज (शनिबार) सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ शिबसताक्षी–१ ले धरमपुरस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयमा आयोजना गरेको उद्घोषण तथा पत्रकारिता तालिम सम्पन्न भएको हो ।

तालिम समापनको अवसरमा आयोजित समारोहमा नगर प्रमुख रोशन थोप्राले युवाहरु समाजलाई दिशानिर्देश गर्ने शक्ति भएको बताउनुभयो । वहाँले आजको समाजलाई दोह्याउन सक्ने असल र इमान्दार युवाहरुको आवश्यक परिरहेको बताउनुभयो ।

समारोहको प्रमुख आतिथि समेत रहनुभएका शिबसताक्षी नगर प्रमुख थोप्रोले युवाहरु अध्ययनशिल, अनुशासित, उध्यमशिलता, खोज अनुसन्धानकर्ता र सकारात्मक हुनुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख थोप्रोले युवाहरुले आफ्नो व्याक्तित्व विकास गर्न सके मात्रै समाजको नेतृत्व निर्माण गर्न सक्ने भएको तर्क राख्नुभयो ।

आदिवासी जनजाति महासंघ वडा परिषद अध्यक्ष अर्जुन चाम्लिङ राईको अध्यक्षतामा तालिम समापन समारोह सम्पन्न भएको थियो । सो अवसरमा तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । तालिममा वडाका १७ जना आदिवासी जनजाति युवा–युवतीहरुको सहभागिता थियो ।

तालिमका सहभागिहरुलाई संस्थाको तर्फबाट प्रमाणपत्र वितरण गरिएको थियो । वितरण गर्नु अघि सो प्रमाणपत्रलाई संस्थाको तर्फबाट प्रदिप तामाङले बाचन गर्नुभएको थियो । तामिलका प्रशिक्षक देशराज नेम्बाङलाई समेत सो अवसरमा सम्मान गरिएको थियो ।

समापन समारोहमा वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङले तालिमबाट पाएको ज्ञान र सीपलाई व्यवहारमा उर्तान सके युवाहरुका लागि मात्रै नभएर समाजलाई समेत ठूलो फाइदा पुग्ने बतााउनुभयो । वहाँले वडा कार्यालयको रु १ लाख बजेटमा सञ्चालित तालिमबाट सहभागि युवाहरुलाई पर्याप्त नभएको र त्यसप्रती आफु र वडा कार्यालयले आगामी दिनमा सहकार्य गरिने स्पष्ट पार्नुभयो ।

सामाजिक तथा राजनीतिक अगुवा चन्द्रवीर नेम्बाङले युवाहरुको नेतृत्व निर्माण र व्याक्तित्व विकासका लागि तालिमबाट लाभ लिनुपर्ने बताउनुभयो । वहाँले तालिमबाट पाएको ज्ञान र सीपलाई समाजमा आर्कषक ढंङ्गले देखाउन सके तालिम आयोजक संस्थाप्रती सम्मान हुने जनाउनुभयो ।

सो समारोहमा तालिमका सहभागिको तर्फबाट प्रिन्सिका राजवंशी, देउकुमारी राई र निकेषसिंह राजवंशीले क्रमशः आ-आफ्नो अनुभवहरु राख्नुभएको थियो । त्यस्तैं, तालिमका सहभागि तथा प्रशिक्षार्थी सविना राईले सञ्चालिकाकी भूमिकामा प्रस्तुत हुनुभएको थियो ।

समारोहमा तालिम आयोजक संस्थाका सहसचिव तथा कार्यक्रम संयोजक समेत रहनुभएका सुप्रसिद्ध साहित्यकार निहाङ किरातीले तालिमको औचित्यमाथी प्रकाश पार्नुभएको थियो भने उपाध्यक्ष दिपककुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । सो अवसरमा पूर्व जनप्रतिनिधि तथा आदिवासी जनजाति महासंघ धरमपुरका पूर्व अध्यक्ष मनकुमार श्रेष्ठ, लक्ष्मीनारायण माध्यमिक विद्यालयका अध्यक्ष भीम खबार, प्रधानध्यापक खगेन्द्रवहादुर लम्जेल, युवा नेता दुर्गा नेम्बाङ, कविराज राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

समारोहमा स्थानीय कलाकारहरुले गीत नृत्य प्रस्तुत गर्नुका साथै गितार–बाँसुरी बाद्यन मार्फत मनोरञ्जन प्रदान गरिएको थियो । सो अवसरमा शिबसताक्षी–१ धरमपुरका वडा सदस्यहरु निर्मला बराइली, उमा माझी र नारायण प्रसाद रिजाल, आदिवासी जनजाति महासंघ शिबसताक्षीका अगुवा भीमबहादुर सुनुवार, मोतीलाल भुजेल लगायतको उपस्थिती थियो भने सञ्चालन संस्थाका सचिव एबम शिक्षक पुर्ण राजवंशीले गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *