दमक, १४ माघ–दमक ६ फर्निचर लाइनमा आगलागी भएको छ । विकास भट्टराइले संचालन गरेको बालाजी फर्निसिंगमा साँझ साढे ६ बजे पछि भएको आगलागी अहिले साढे सात बजे नियन्त्रणमा आएको छ।

व्यवसायिक दृष्ट्रिकोणले दमककै व्यस्त र चहलपहल सो सडकमा रहेको बालाजी फर्निसिंगमा सुरु भएको आगोलाई दमक नगरपालिकाको वारुण यन्त्रको सहयाताबाट नियन्त्रणमा लिइएको हो ।

दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाले आगलागीको कारण तत्काल खुलिनसकेको बताए । उनका अनुसार आगलागीको क्षतिको बिस्तृत विवरण आएको छैन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *