काठमाडौं, १४ माघ–दुई महिनापछि सञ्चालन गर्ने गरी यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरिएको छ ।

माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म हुने तालिकामा उल्लेख छ ।

बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार हुनेछ । एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *