विर्तामोड, १५ माघ–किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्यसमिति झापाको आयोजनामा कुसङ् येले तङ्बे तथा कक्फेक्वा तङ्नाम-५०८३ को अवसरमा शुभ–कामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्यसमिति झापाका अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षता तथा प्रदेश नम्बर १ की स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष कालीबहादुर खेवाङले स्वागत गरेका थिए ।

किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्यसमिति झापाका सदस्य धर्म लक्सम्वाले औचित्यमाथी प्रकाश पारेको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लिम्बूले पानसमा वत्ति वालेर तथा के (च्याबु्रङ) बजाएर गरेकी थिइन् ।

कार्यक्रममा लिम्बू समुदायबाट प्रदेश नम्बर १ को स्वास्थ्य मन्त्री बनेर लिम्बू समुदायको गौरब बढाएको भन्दै किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्यसमिति झापाले प्रदेश नम्बर १ की स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूको अभिनन्दन समेत गरेको थियो ।

किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्यसमिति झापाका अध्यक्ष सेसेहाङ फियाकले प्रदेश नम्बर १ की स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूलाई खादा, मालासहित अभिनन्दन पत्र प्रदान गरेका थिए ।

सोही कार्यक्रममा अध्यक्ष फियाकले स्वास्थ्य मन्त्री लिम्बूलाई स्वास्थ्य सम्वन्धी तीन वुँदे र पहिचान र अस्तित्वसंग सम्वन्धीत ११ वुँदे ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन–पत्र ग्रहण गर्दै प्रदेश नम्बर १ की स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले प्रदेश नं १ भरी महिलाहरुको आङ झर्ने समस्याको समाधानका लागी निःशुल्क शल्यक्रियाको कार्यक्रमलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने बताइन् ।

प्रदेश सांसद भइसकेपछि सदनमा लिम्बू भाषालाई मातृभाषाको मान्यता दिलाउन सांसद लोगो समेत लिम्बू र याक्थुङ् भाषामा लेखिएको हुनुपर्ने माग गर्दै आएको उनले बताइन् ।

उनले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा मान्यता दिलाउने कुरामा प्रदेश सरकार र प्रदेश संसदमा आफ्नो खुबीले भ्याएसम्म पहलकदमी गर्ने समेत दाबी गरिन् । विद्यालयमा कक्षा १२ सम्म लिम्बू भाषामा पठनपाठन गराउन आफू लागीपर्ने उनले बताइन् ।

त्यस्तै, प्रदेश नं १ को नामकरण पहिचानको आधारमा गराउन आफू लागीपर्ने उनले बताइन् । स्वास्थ्य मन्त्री लिम्बूले आम जनचासोको विषय रहेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा आफू रहेकोले आफ्नो पहिलो कर्तव्य स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टचार, वेथिति र असहजतालाई उन्मुलन गरेर हुन सक्नेसम्म सुधार गर्दै लैजाने काममा लागिपरेको बताउँदै आ-आफ्नो क्षेत्रमा देखिएको स्वास्थ्य सम्बन्धि वेथिति र भ्रष्टचारको गन्ध थाहा पाएमा आफ्नो मन्त्रालय र आफूलाई जानकारी गराई सचेत गराउन समेत आग्रह गरिन् ।

कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ्का पूर्व केन्द्रीय उपाध्यक्ष तथा मुन्धुमी अध्येता, लेखक हरि चोङ्बाङ्ले येले तङ्बे र कक्फेक्वा तङ्नामको महत्वको वारेमा जानकारी गरएका थिए ।

कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ्का संघीय सल्लाहकार जीतबहादुर लावती, जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला अध्यक्ष दिपेनवाला राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कवी विराट किँरातीले कविता बाचन गरेको कार्यक्रममा केलाङ समूह दमकले केलाङ नृत्य, हिमाल लिम्बूले पालम गीत ,नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्यसमिति झापाका सचिव प्रेमचन्द्र लिम्बूले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *