दमक, १५ माघ–दमक जेसीजको ४२औं पदहस्तान्त्ररण आज (आइतबार) साँझ सम्पन्न भएको छ । माघ ९ गते सम्पन्न निर्वाचन प्रकृया अन्तर्गत दमक जेसीज वर्ष २०२३ को अध्यक्षमा युवा व्यवसायी मुकेश अग्रवाल सर्वसम्मत चुनिएका निर्वाचन आयु्क्त कमल कटुवालले जानकारी गराए ।

निर्वाचन आयुक्त कटुवालले अध्यक्षमा अग्रवालसहित दमक जेसीज वर्ष २०२३ को कार्यकारिणी उपाध्यक्षद्धयमा सहदेव भट्टराई र राजेन्द्र बिमली चुनिएका छन् भने उपाध्यक्षहरुमा राहुल साह, योगेश गौतम, सरोज ढकाल, विनोद भट्टराई, जनसमपर्क अधिकारीमा रुवल अधिकारी, तालिम निर्देशकमा साजन श्रेष्ठ चुनिएका जानकारी दिएका थिए ।

त्यस्तैं, आज पदहस्तान्त्ररण समारोहबीच नव निर्वाचित अध्यक्ष अग्रवालले संस्थाको विधानत महासचिव, सचिव, कोषाध्यक्ष, कानुनी सल्लाहकार, प्रकरण निर्देशक र शाखा सम्पादकसहितका पदहरुमा मनोनित गरेका छन् । अध्यक्षले महासचिवमा रामचन्द्र अधिकारी, कोषाध्यक्षमा राजकुमार अग्रवाल (राज), कानुनी सल्लाहकारमा निरोज आचार्य, प्रकरण निर्देशकमा सन्ध्या अधिकारी र सचिवमा सन्देश अधिकारी रहेका छन ।

निर्वाचन आयुक्त समेत रहनुभएका दमक जेसीजका पूर्व अध्यक्ष कमल कटुवालले नव निर्वाचित अध्यक्ष अग्रवाललाई सपथ गराएका थिए भने अध्यक्ष अग्रवालले बोर्डका अन्य पदाधिकारीहरुलाई सपथ गराएका थिए ।

दमक जेसीज बर्ष २०२२ का अध्यक्ष सञ्जिब बरालले बर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष अग्रवाललाई अध्यक्षको चेन हस्तान्तरण गरे । सो अवसरमा निवर्तमान अध्यक्ष बरालले २०२२ मा आफनो बोर्डमा रहेर महत्वपूर्ण भुमिका निर्वाह गर्ने बोर्डका पदाधिकारीहरु, पूर्व अध्यक्ष, निर्वाचन आयुक्त लगायत सहयोग गर्ने संघ संस्थाहरुप्रति धन्यवाद व्यक्त गरेका थिए भने नवनिर्वाचित अध्यक्ष अग्रवालले आफनो स्विकार्य मन्तव्य राखेका थिए ।

दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित दमक जेसीजको ४२औं पदहस्तान्त्ररण समारोहको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्नुभएको थियो । सो क्रममा मुख्यमन्त्री कार्कीले जेसीजको अभियानमा प्रदेश सरकारले हात्तेमालो गरेर अघि बढ्ने बताएका थिए । समारोहका प्रमुख अतिथि समेत रहनुभएका मुख्यमन्त्री कार्कीले नयाँ नेपाल निर्माणका लागि जेसीजकर्मी युवाहरुको सकारात्मक साथ र सहयोगको अपेक्षा गरेका थिए ।

मुख्यमन्त्री कार्कीले युवाहरुको नेतृत्व र व्यक्तित्व बिकासमा उदाहरणीय भुमिका खेल्दै आएको जेसीजलाई समाजमा व्याप्त लागूऔषधको समस्या हल गर्न घरघरबाट क्याम्पेनिङ हुनु आवश्यक रहेको समेत औंल्याए ।

सोही समारोहमा प्रदेश सभा सदस्य होमबहादुर थापा, दमक नगर प्रमुख रामकुमार थापा, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *