काठमाडौँ, १६ माघ–रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनस् चयन भएका छन् । धुम्बाराहीमा आइवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो ।
गएको शुक्रवार सर्वोच्च अदालतले लामिछानेको नागरिकता नै अवैध ठहर गरेपछि उनको पार्टी सभापति, सांसद र मन्त्री पद नै खारेज भएको थियो । तर, आज नागरिकता पुनस् कायम भएपछि उनी फेरि सभापति हुन योग्य भएका हुन् ।
यसअघि नै नेपालको नागरिकता लिइसकेका लामिछानेले अमेरिका गएपछि उतैको नागरिकता लिँदै नेपाली नागरिकता त्यागेका थिए ।
तर, अमेरिकी नागरिकता परित्याग गरेपछि पुन नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिएका थिए ।
