चन्द्रगढी, १६ माघ–झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले झापामा बढ्दो लागुऔषध तथा दुर्व्यसनीलाई पुर्णरुपमा नियन्त्रण गरिने बताएका छन्। आज (सोमबार) जिल्लाका मुख्य राजनितिक दलका प्रमुख र सुरक्षा संयन्त्रका प्रमुखहरुसंग संयुक्त रुपमा आयोजना गरिएको परिचयात्मक तथा भेट्घाट कार्यक्रममा सो कुरा बताएका हुन् ।

चार दिन अघि झापाको प्रमुख जिल्ला अधिकारिको रुपमा आएका पोखरेलले जिल्लामा भएका अन्य समस्याहरु हात्ति आतङ्क, सिमवर्ती क्षेत्रका समस्याहरु र तिनका निराकरणको विषयमा साथै अन्य समसामयिक विषयहरुमा समेत महत्वपुर्ण छलफल गरेका थिए। उक्त कार्यक्रममा नेपाली कङ्ग्रेसका जिल्ला सभापती देउमान थेवे, नेकपा एमालेका जिल्ला उप-सचिव असारु राजवन्शी, नेकपा मावोवादिका तर्फबाट जिल्ला सह-इन्चार्ज सिपि कडरिया, रास्वपाको तर्फबाट जिल्ला सभापती उमेश खरेल, जनता समाजवादी पार्टी, नेपालका तर्फबट जिल्ला अध्यक्ष दिपेनबाला र प्रदेश सदस्य गौरीमान राई, जनमत पार्टिको तर्फबाट जिल्ला अध्यक्ष भोटलाल राजवन्शी, नेकपा एसको तर्फबाट जिल्ला अध्यक्ष वेदराज रेग्मी, लोसपाको तर्फबाट अनुतसिहं राजवन्शी लगायतको उपस्थिती रहेको थियो।

त्यस्तै कार्यक्रममा साहायक प्र.जि.अ रुद्रप्रसाद न्याउपाने, शसस्त्र प्रहरी बलका, उपरिक्षक देवराज अर्याल, राष्ट्रीय अनुसन्धानका उप-निर्देशक तुलसिराम प्रसाईं र प्रहरी नायव उपरीक्षक वसन्त पाठको उपस्थिती रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *