दमक, १६ माघ–नेपालमा मार्सल आर्ट अन्तर्गत तेक्वान्दो डोजाङ खेलको विकास र प्रचारप्रसार गर्ने उदेश्यले पहिलो पटक झापाको दमकमा प्रतियोगिता सञ्चालन गरिने भएको छ । दमकमा कार्यालय स्थापना गरी यस खेलको विकास र प्रचारप्रसारमा सक्रिय संस्था सगरमाथा मार्सल आर्ट एकाडेमीले सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

सोमबार, दमकस्थित लिङदेन मार्केटको बासझ्याङ रेष्टुरेन्टमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रतियोगिता सञ्चालन सम्बन्धी जानकारी गराइएको छ । प्रतियोगिता माघ २१ गते हुने र सो प्रतियोगितामा ७० जना खेलाडीहरुको सहभागिता रहने छन् । १८ वर्षदेखि ५० वर्षसम्मको २२ वटा क्याटाकुरीको आधारमा प्रतियोगिता सञ्चालन हुने सगरमाथा डोजाङकी प्रशिक्षक विद्या राईले पत्रकार भेटघाटमा जानकारी गराउनुभएको छ ।

दमक–५ हरिओम कोलोनीस्थित सूर्वोदय अंग्रेजी स्कुलमा प्रतियोगिता सञ्चालन हुने र सो प्रतियोगिताको आवश्यकीय तयारीहरु तिब्र गतिमा भइरहेको व्यवस्थापन प्रमुख जितु धिमालले जानकारी दिनुभयो ।

दमकमा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा उदयपुर र दमकका तेक्वान्दो डोजाङ खेलाडीहरुले मात्रै सहभागिता जनाउने धिममालले जानकारी दिनुभएको छ । वहाँका अनुसार गत असार ५ गतेबाट सुरु गरिएको तालिममा सहभागि खेलाडीहरुको प्रतियोगितामा विशेष सहभागिता जनाउने छन् ।

बेलायतमा बसेर नेपालमा तेक्वान्दो डोजाङ खेलको विकासमा सक्रिय रहनुभएका मार्सल आर्टका अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक राष्ट्र राईले मार्सल आर्ट खेल अन्तर्गत टेक्वान्दो डोजाङ खेलप्रती अहिलेका नयाँ पुस्ताका खेलाडीहरुलाई प्रोत्साहन गर्न प्रतियोगिता सञ्चालन गरिएको हो । बेलायतमा मुख्य कार्यालय र दमकमा शााखा कार्यालय स्थापना गरी तेक्वान्दो डोजाङ खेलको विकास र प्रचारप्रसारमा सक्रिय राईले यस खेलतर्फ खेलाडीहरुको आर्कषण बढिरहेको बताउनुभयो ।

सगरमाथा मार्सल आर्ट एकाडेमीका संस्थापक समेत रहनुभएका अन्तराष्ट्रिय खेलाडी एबम् प्रशिक्षक राष्ट्र राईले तेक्वान्दो डोजाङ खेल मार्फत नेपाल र बेलायतबीचको सम्बन्ध अझ नजिक रहने बताउनुभयो । बेलायतमा मुख्य कार्यालय स्थापना गरेर दमक र उदयपुरमा शाखा सञ्चालन गर्दै आएको दमक सगरमाथा तेक्वान्दो डोजाङलाई नेपाल तेक्वान्दो संघले तेक्वान्दो प्रशिक्षण सञ्चालन गर्न अनुमति दिएको छ ।

नेपाल तेक्वान्दो संघको ललितपुरको सातदोबाटोस्थित केन्द्रिय कार्यालयले ४ माघमा राष्ट्र राई मुख्य प्रशिक्षक रहेको सो डोजाङलाई तेक्वान्दो संघमा आवद्धतासहितको प्रमाणपत्र प्रदान गरेसंगैको सगरमाथा डोजाङले तेक्वान्दो प्रशिक्षण सञ्चालन गर्न पाउने बैधानिकता पाएको हो ।

प्रतियोगिता सञ्चालनका लागि रु ५ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा हुने खर्चको प्रवन्ध सगरमाथा मार्सल आर्ट एकाडेमीले आफ्नो स्रोत र बेलायतमा बसोबास गरिरहेका खेल क्षेत्रका शुभेच्छुकहरुको सहयोगबाट गरिने भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *