धरमपुर, १७ माघ–किराँत म्न्दुम सम्बन्धी अध्ययन गर्न र त्यसको संरक्षण गर्दै प्रचारप्रसार गर्ने उदेश्यले झापाको शिबसताक्षी नगरपालिकामा समिति गठन गरिएको छ ।
झापामा किरात राई यायोक्खाको संस्थागत विकासमा लामो समयदेखि सक्रिय पहिचानवादी नेता तथा शिक्षक प्रेम दुमी राईको अध्यक्षतामा शिबसताक्षी नगर स्तरीय किराँत मु्न्दुम अध्ययन केन्द्र गठन गरिएको हो ।
सो केन्द्रको उपाध्यक्षमा रामकृष्ण राई, सचिवमा सञ्जय बाम्बुले राई, सहसचिवमा प्रवित्रा खालिङ राई र कोषाध्यक्षमा चन्द्रकला राई छन् । त्यस्तैं, सदस्यहरमा प्रेमकुमार लोहरुङ राई, नरवहादुर राई, आयुष राई, जयकुमार राई, गंगा राई र जर्मन राई छन् ।
धरमपुरस्थित मंगलबारे बजारमा आयोजित भेलामा किराँत मुन्दुम अध्ययन केन्द्र नेपाल स्थापनाका बारेमा केन्द्रीय अध्यक्ष तथा नेपाली लोक गीतसंगीत क्षेत्रका वरिष्ठ गायक तथा संगीतकार जीतेन राईले आफ्ना बिचारहरु राख्नुभएको थियो ।
किराँत मुन्दुम अध्ययन केन्द्र नेपालका केन्द्रीय अध्यक्ष जीतेन राईको अध्यक्षतामा समिति गठन भएको हो । सो क्रममा संस्थाका केन्द्रीय सहसचिव शान्तिदेवी राईको समेत उपस्थिति थियो ।
