दमक, १७ माघ–बेलायतबाट नेपालमा तेक्वान्दो डोजाङ खेल सम्बन्धी गतिविधिहरु गर्ने उदेश्यले झापाको दमकमा स्थापना भएको संस्था दमक सगरमाथा तेक्वान्दो डोजाङ एकाडेमी केन्द्रिय समितिको अध्यक्षमा जितु धिमाल चुनिएका छन् ।
बेलायतस्थित सगरमाथा तेक्वान्दो डोजाङ एकाडेमीका संस्थापक, बेलायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त खेलाडी एबम् प्रशिक्षक राष्ट्र कुमार राईले दमक सगरमाथा तेक्वान्दो डोजाङ एकाडेमीको अध्यक्षमा धिमाललाई जिम्मेवारी प्रदान गरेका हुन् ।
अध्यक्षसहित केन्द्रीय समितिको पदाधिकारी र सदस्यहरु आगामी बैठकले जिम्मेवारी प्रदान गरिने भएको छ । दमकमा प्रतियोगिता सम्पन्न भएपछि इलाम, मोरङ, सुनसरीमा समेत संस्था स्थापना गरी तालिमहरु सञ्चालन गरिने बेलायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त खेलाडी एबम् प्रशिक्षक राष्ट्र कुमार राईले जानकारी दिए ।
दमकक निवासी धिमाल मार्संल आर्ट अन्तर्गत सितोरिया कराँतेका पूर्व खेलाडी हुन् । उनी दमकको सामाजिक क्षेत्रमा सक्रिय युवा नेता समेत हुन् । धिमालको नेतृत्वमा यहि माघ २१ गते शनिबार दमकमा पहिलो पटक हुन लागेको प्रथम दमक सगरमाथा तेक्वान्दो डोजाङ प्रतियोगिता हुदैछ । दमकको हरिओम कोलोनीस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयको खेल मैदानमा सो प्रतियोगिताको तयारी तीब्र गतिमा अघि बढिरहेको नवनियुक्त अध्यक्षा जितु धिमालले जानकारी दिए ।
प्रतियोगितमा झापा, मोरङ, सुनसरी, उदयपुर, इलाम लगायतका जिल्लाहरुका ७० जना खेलाडीहरुले सहभागिता जनाउने भएका छन् । सो प्रतियोगितमा १८ देखि ५० वर्षसम्मका उमेर समुह अन्तर्गत २२ वटा क्याटुकुरीमा विभाजन गरी खेल खेलाइने भएको छ ।
दमकमा हिजो (सोमबार) पत्रकार सम्मेलन मार्फत प्रतियोगिता आयोजना र सञ्चालनका बारेमा आयोजकले जानकारी गराइसकेको छ । पहिलो पटक तेक्वान्दो डोजाङ खेल प्रतियोगिता सञ्चालन हुने भएपछि यस खेल सम्बन्धी खेलाडी र शुभ्भेच्छुकहरुप्रतियोगितमा सहभागिता जनाउन उत्साहित भएको पत्रकार सम्मेलनमा बेलायतस्थित सगरमाथा तेक्वान्दो डोजाङ एकाडेमीका संस्थापक एबम् प्रशिक्षक राष्ट्रकुमार राईले जानकारी दिए ।
नेपालस्थित हाल यस खेलको विकास, प्रचारप्रसार र प्रशिक्षणहरु भइरहेको र त्यसलाई आगामी वर्षमा देशको विभिन्न जिल्लाहरुमा पुर्याइने नवनियुक्त अध्यक्ष धिमालले बताए । उनले तेक्वान्दो डोजाङ खेलको तालिमहरु झापापको दमक र उदयपुरको वेलका नगरपालिकामा भइरहेको र चाडै इलाम, मोरङ, सुनसरी र धनकुटामा समेत लैजाने बताए ।
दमकमा सञ्चालन भइरहेको तालिममा गरिव र विपन्नका छोराछोरीलाई निःशुल्क सहभागिता गराइने धिमालले जानकारी दिए । यस खेलप्रति इच्छा छ तर भर्ना हुन रकमको अभाव भएका गरिव र विपन्नका छोराछोरीलाई दमक सगरमाथा तेक्वान्दो डोजाङ एकाडेमीले निःशुल्क सहभागिता गराइ तालिम प्रदान गरिने उनले स्पष्ट पारे । त्यस्तैं, तालिममा पत्रकारहरुका छोराछोरीका लागि समेत निःशुल्क भर्ना गराइरहेको धिमालले जानकारी गराए ।
यता, दमकमा हुने प्रतियोगिताको निम्ति बेलायतवासी नेपाली खेलाडी र शुभेच्छुकहरुले आर्थिक सहयोग उपलब्ध गराएको वेलायतस्थित सगरमाथा तेक्वान्दो डोजाङ्ग एकाडेमीका संस्थापक तथा राष्ट्रिय–अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक राईले जनाए । उनका अनुसार विट्रिस गोर्खा वेलफेयर सोसाइटी, पेपल मोर्टगागेस, दरवार कोकतेल वार, वेलोन नेपाल, रानाहोंछा समाजले प्रतियोगिताको मुख्य स्पोन्सर छन् ।
त्यस्तैं, वेलायतमा बसोवास गर्नुहुने ललित न्यौपाने (बिर्तामोड), विनोद बुढाथोकी, बुद्ध मगर (वेलायत), बुद्धिसारा गुरुङ, खगेन्द्र राई, जस थापा, जीवन लिम्बु र रितेश चाम्स लगायतले प्रतियोगितामा सहयोग जुटाएका छन् ।
नेपाल तेक्वान्दो संघको ललितपुरको सातदोबाटोस्थित केन्द्रिय कार्यालयले ४ माघमा राष्ट्र राई मुख्य प्रशिक्षक रहेको सो डोजाङलाई तेक्वान्दो संघमा आवद्धतासहितको प्रमाणपत्र प्रदान गरेसंगैको सगरमाथा डोजाङले तेक्वान्दो प्रशिक्षण सञ्चालन गर्न पाउने बैधानिकता पाएको हो ।
प्रतियोगिता सञ्चालनका लागि रु ५ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा हुने खर्चको प्रवन्ध सगरमाथा मार्सल आर्ट एकाडेमीले आफ्नो स्रोत र बेलायतमा बसोबास गरिरहेका खेल क्षेत्रका शुभेच्छुकहरुको सहयोगबाट गरिने भएको छ ।

