धरमपुर, १७ माघ–झापाको शिवसताक्षी–११, दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत विद्यार्थीहरुले निर्माण गरिएको विद्युतीय गाडी आज विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा उद्घाटन गरिएको हो ।

उक्त गाडी नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उप्रमुख नगरमाया कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात विद्यार्थीहरुले सोही गाडीमा राखेर नगरप्रमुख थोप्रालाई दूधे बजार परिक्रममा गराएका थिए ।

विद्यालयमा अध्ययरत प्रशन्न दवाडी, निशान शंकर र सन्देश बरालले स्थानीय बस्नेत गृलमा निर्माण गरेका हुन् । उनीहरुले पढाई साथ साथै एक महिना अघिदेखि गाडी निर्माणमा लागेका थिए । करिब १ लाख ५० हजार खर्चमा चार पाङ्ग्रे विद्युतीय गाडी निर्माण गरिएको विद्यार्थी निशान शंकरले जानकारी दिए । उनीहरुले यस अघि पनि विद्यालयहरुमा रकेट, वाटर पम्प, सानो रिमोट कन्ट्रोल कार लगायतका सामाग्रीहरु बनाउँदै आएका थिए । यस गाडी निर्माणका लागि केहीबाट सहयोग जुटेमा मोटर साइकलको इन्जिनबाट चल्ने गाडी निर्माण गर्ने बताएका छन् ।

उक्त गाडीमा तीनजना सवारी गर्न सकिने प्रशन्न दवाडीले बताए । दवाडीका अनुसार गाडीमा आठ सय वाटको डिसी मोटर, १२ भोल्टका चारवटा ब्याट्री र कन्ट्रोलर राखिएको छ। गााडी प्रतिघण्टा ३० किलोमिटरको गतिसम्म कुद्न सक्छ। गाडी बनाउन कार्टुन, प्लाइलगायतका सामान प्रयोग गरिएको छ।

विद्यालयको वार्षिकोत्सवमा विद्यालयका सेवा निवृत्त पूर्व प्रअ कालीप्रसाद रिजाललाई सम्मान गरिएको थियो । त्यस्तै, उत्कष्ट शिक्षकका रुपमा राकेश चौधरी र ज्ञानु दाहाललाई विद्यालयले सम्मान गरेको छ ।

त्यस्तै कार्यक्रममा विद्यालयका पूर्व प्रअ उमानाथ दाहाल र शिक्षक उर्मिला दाहालको नाममा राखिएको उमा उर्मिला छात्रवृत्ति अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । सुरुङ्गा निवासी चम्पा खनाल, गोकुल खनाल र लोकनाथ खनालले आफ्ना माता पिताको नाममा स्थापना गरेको जयनारायण र अयोध्यादेवी स्मृति छात्रवत्तिबाट गरिब तथा जेहेन्दार दुई विद्यार्थीलाई १२ हजार नगद प्रदान गरिएको थियो । उक्त छात्रबृत्ति चम्पा खनालले प्रदान गरेकी थिइन् ।

त्यसैगरी, सोही विद्यालयमा अध्ययन गरी हाल अमेरिकाको कोलोडारोमा रहेका नारायण अधिकारी र सृजना अधिकारीले आफ्ना पिता माताका नाममा राखिएको बलबहादुर तथा पवित्रादेवी स्मृति छात्रवृत्ति कार्यक्रममा रु ३० हजार उहाँका परिवारले विद्यार्थीहरुलाई प्रदान गरेका छन् । कार्यक्रमा स्व।माङधुम्बो थेवे स्मृति अक्षयकोष स्थानीय शिवमाया थेवे १ लाख ११ हजार १ सय ११ विद्यालयलाई प्रदान गरेकी छिन् । उक्त रकम गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई प्रदान गरिने विद्यालयले जनाएको छ ।

त्यसैगरी, आफ्ना माता पिताका नामबाट लुका राई र विशाल राईले स्थापना गरेको संहधन राधिका राई छात्रबृत्ति अक्षयकोषको रु १ लाख १११ रकम पनि विद्यार्थीलाई प्रदान गरिएको थियो । सोही कार्यक्रमा सतासीधाम जेसीजले पनि श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमा विद्यालयका प्र।अ। लालमणि सुवेदीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र भट्टराईले गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द काफ्लेले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *