दमक, २० माघ–दमक बहुमुखी क्याम्पसको ११औं क्याम्पस सभा आज सुरु भएको छ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा क्याम्पस सभा सुरु भएको हो ।

सभाको उद्घाटन गर्दै मुख्मन्त्री कार्कीले सामुदायीक क्याम्पसहरुमा नेपालकै अब्बल रहेको दमक क्याम्पसको भौतिक पुर्वाधारमा प्रदेश सरकारका तर्फबाट पनि सहयोग रहने बताउनु भयो । दमक क्याम्पसको स्थापना देखीनै आफु जानकार रहेको भन्दै मुख्यमन्त्री कार्कीले यहाँको शैक्षिक गुणस्तर बिकाशमा आफ्नो तर्फबाट सहयोग रहने बताउनु भयो ।

क्याम्पस सञ्चाल समितिका अध्यक्ष देवी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगरपालीकाका प्रमुख राम थापाले तिनै तहका सरकार मिलेर दमकलाई नमुना बनाउनु पर्ने बताउनु भयो । क्याम्पस सभाबाट निर्वाचित हुने नयाँ टिम संग सहकार्य गरेर यहाँको बिकाशमा आफु पनि लाग्ने उहाँले बताउनु भयो ।

क्याम्पस सभाको अवसर पारेर क्याम्पसका दुई जना प्राध्यापक र एकजना कर्मचारीलाई सम्मान समेत गरिएको थियो । प्राध्यापकहरु नारायण भट्टराई र प्रबिन कार्की साथै कर्मचारी कालिका खड्कालाई सम्मान गरिएको क्याम्पस प्रमुख डा.नेत्रबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *