काठमाडौँ, २१ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गृह मन्त्रालयबारे आफ्नो पार्टीको कुनै धारणा नरहेको बताएका छन् ।

नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकबाट बाहिरिने क्रममा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले गृह मन्त्रालयबारे बोल्ने केही नरहेको बताए ।

“गृह मन्त्रालयबारे अहिले हामीले बोल्ने केही छैन । अहिले हामी हेरेर बस्ने हो,” उनले अगाडि थपे, “यसमा हाम्रो टिप्पणी छैन । बोलेर के गर्ने हो र ? गर्नुपर्नेले के-के गर्छन् गर्छन् ।”

गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पुनस् आफूले पाउनु पर्ने दाबी गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूसँगै गृह मन्त्रालय राख्ने बताइसकेका छन् । सत्ता साझेदार दल नेकपा एमालेले भने गृह मन्त्रालयल रास्वपालाई नै दिन प्रधानमन्त्रीलाई दबाब दिइरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *