दमक, २१ माघ–’बढदैंछ चुनौती क्यानसरको, पहुँच बढाऔं स्याहारसुसारको‘ भन्ने नारासहित यसवर्षको विश्व क्यानसर दिवस दमकमा मनाइएको छ । दिवसको अवसरबीच झापाको दमकमा नगर स्वास्थ्य शाखाले आज (शनिबार) बिहान क्यानसर रोग सम्बन्धी संचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

दमक नगरपालिकाको सभा हलमा आयोजित विश्व क्यानसर दिवसको कार्यक्रममा क्यानसरका रोगीहरुको संख्या दिनानुदिन बढ्दो अवस्थामा रहेको र यसबारे चेतना जगाउने, रोगीको संंख्या न्यूनिकरण गर्दै यसवाट हुने मृत्यूदर घटाउने उपाय सम्बन्धी छलफल भएको छ ।

सो अवसरमा आम्दा अस्पताल दमकका डाक्टर नबीन ढकालले क्यानसर रोगको संख्या घटाउन र यसबाट हुने क्षतिलाई न्यूनिकरण गर्न अहिलेका लागि महत्वपूर्ण समय भएको बताउनुभयो । डाक्टर ढकालले क्यानसरको उपचार सम्भव छ भन्ने जनमानसमा चेतना फैलाउन सवै नागरिकको जिम्मेवारी भएको बताउनुभयो ।

डाक्टर ढकालले दमकस्थित आम्दा अस्पतालमा क्यानसर पीडित रोगीहरुको लागि परामर्श र उपचार सुरु गर्न लागिएको बताउनुभयो । वहाँले प्रविधि र दक्ष जनशक्तिको अभावमा दमकको अस्पतालहरुले क्यानसर रोगीहरुलाई सेवा दिन नसकिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

लाइफ लाइन अस्पताल दमकका मेडिकल डाइरेक्टर डाक्टर केशर बहादुर गुरुङले यान्त्रिक उपकरणको अभावबीच चाहेर पनि अस्पतालले क्यानसर रोगीहरुका लागि उपचार दिन नसकेको बताउनुभयो ।

दमक फाल्गुनन्द चौकस्थित दमक अस्पतालकी स्त्रीरोग तथा प्रसुती विशेषज्ञ दिप्ती कुवँरले महिलाहरुको पाठेघरमा हुने क्यानसर रोगीको पहिचान गरी परामर्श र उपचारका प्रकृयाहरु अघि बढाइएको बताउनुभयो । डाकटर कुवँरका अनुसार महिलाले आफ्नो समस्या वा रोगलाई लुकाइराख्नाले पाठेघर सम्बन्धीका रोगले महिलाहरुको मृत्युदर झनझन बढिरहेको बताउनुभयो ।

डाक्टर कुवँरले महिलाहरुमा महिनावारीमा समस्या हुनु, शारिरिक सम्पर्कको समयमा रगत बग्नु वा सेतोपानी बग्नु जस्ता समस्याहरु भएमा महिलाहरुलाई पाठेघरमा क्यानसर रोग भएको हुन सक्ने बताउनुभयो ।

यता, कार्यक्रमको सहजिकरण गर्नुहुदै स्वास्थ्य निरिक्षक बद्री बरालले क्यानसर दिवस मनाउनुको मुख्य उदेश्य भनेको विश्वभरबाट क्यानसर रोगबाट मानव समुदायलाई बचाउनु र र यस रोगबाट मान्छेको संख्या घटाउदै उपचारको माध्यमले मृत्युदर घटाउनु रहेको बताउनुभयो । बरालले दमकबाट ५२ जना कयानसर रोगीको सिफारिस गरिएको बताउनुभयो । वहाँको अनुसार दमकका ५२ जना क्यानसर रोगी मध्ये ३० महिला र २२ जना पुरुष छन् ।

नगरपालिकाकी उपप्रमुख रेगिना प्रसाई भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो क्रममा उपप्रमुख प्रसाईले मान्छेहरु क्यानसर रोगसंग लड्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । वहाँले नेपालमा क्यानसर सम्बन्धी उपचारमा मान्छेहरुले विश्वास नगर्नु र जसका कारण नेपालबाट भारतका अस्पतालहरुमा पुगेर ठूलो खर्च गर्नुले चाहेर पनि मान्छेले उपचार गर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

सो अवसरमा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक जेसीजका अध्यक्ष मुकेश अग्रवाल, दमक नगरपालिका प्रशासन प्रमुख जीवराज भट्टराई, दमक अस्पतालका नरेन्द्र भट्टराई, पत्रकार महासंघ झापाका सचिव डिकेश लामा, दमक प्रहरी कार्यालयका प्रमुख दिलिप गिरी लगायत दमकका स्वास्थ्कर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *