काठमाडौँ, २२ माघ–राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नभई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् । उनले ओलीका सबै भनाइहरू सुन्दा आफूले उहाँ नै प्रधानमन्त्री रहेको निष्कर्ष निकालेको बताए । उनले प्रधानमन्त्री दाहाललाई काँग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए ।

उनले अध्यक्ष ओलीका कुराहरु गणतन्त्र र २०६२/०६३ को आन्दोलनका उपलब्धिका लागि हानीकारक रहेको बताए । उनले पूर्व प्रधानमन्त्री र पूर्व सभामुखहरूलाई पनि बोल्ने समय तोक्नुपर्ने बताए । सांसद केसीले एमाले अध्यक्ष ओलीले आप्रवासी नेपालीको समस्याका बारेमा आज आएर गोहीको आँशु बगाएको भन्दै व्यङ्ग्य गरे ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *