एजेन्सी (काठमाडौं), २२ माघ–इङ्लिस प्रिमियर लिगमा लिभरपुलले यो सिजन खराव प्रदर्शनलाई निरन्तरता दिने क्रममा वल्भ्ससँग लज्जास्पद हार बेहोरेको छ।

लिग अन्तर्गत गएराती मोलिनेअक्स स्टेडियममा भएको खेलमा लिभरपुल घरेलु टोली वल्भ्ससँग ३–० ले स्तब्ध बनेको हो ।

वल्भ्सलाई जिताउन क्रेइग डसन र रूवेन नेभेसले गोल गर्दा एक गोल उपहार पाएको थियो। पहिलो हाफमै दुई गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल व्यहोर्दै पराजित हुन पुग्यो ।

खेलको पाँचौ मिनेटमा नै जोएल मटिपले आत्मघाती गोल उपहार दिएपछि लिभरपुल खेलमा पछि परेको थियो। १२औं मिनेटमा क्रेइग डसनले गोल गर्दै वल्भ्सलाई पहिलो हाफमा २-० ले अग्रता दिलाए।

खेलको ७१औं मिनेटमा रुवेन नेभेसले गोल गर्दै लिभरपुलाई ३–० ले स्तब्ध पारे । लिभरपुलले खेलमा फर्कने प्रयास गरेपनि वल्भ्सको बलियो रक्षापङ्ति तोड्न नसक्दा यो सिजन प्रिमियर लिगमा सातौं हार बेहोर्‍यो।

यस जितसँगै वल्भ्स २१ खेलबाट २० अंक जोडेर १५औं स्थानमा उक्लिएको छ। यता पराजित लिभरपुल २० खेलबाट २९ अंक जोडेर १०औं स्थानमा झरेको छ।

लिगको शीर्ष स्थानमा रहेको आर्सनलले समान खेलबाट ५० अंक जोडेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *