दमक, २२ माघ–दमक सगरमाथा तेक्वान्दो डोजाङले नेपालमै पहिलो पटक आयोजना गरेको तेक्वान्दो प्रतियोगिता शनिबार दमकमा सम्पन्न भएको छ । दमकस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको प्रतियोगितामा १८ देखि ५० केजी तौल समुहका २२ वटा क्याटुकुरीमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा महिलाहरुको १८ केजीतर्फ रुही राई प्रथम भएकी थिइन् । सो तौल समुहमा मोनिका ढुंगाना दोस्रो भएकी थिइन भने रोजिना वस्नेत र समरिधी भुजेल तेस्रो भएकी थिइन् ।

त्यस्तैं, महिलाहरुकै २० केजी तौलतर्फ तयानी राई प्रथम भएकी थिइन भने निङसाङ राई दोस्रो र सेनिरा लिम्बू र सेनिरा राई तेस्रो भएकी थिइन् । महिलाहरुकै २२ केजी तौलतर्फ निकल राई प्रथम, नाम्नी लिम्बू दोस्रो र एलेक्सा उप्रेती र रुवी राई तेस्रो भएकी थिइन् । २५ केजी तौलतर्फ साङकेन राई प्रथम, तेलिना राई दोस्रो र दीपजुन खड्का तेस्रो भएकी थिइन् ।

३३ केजी समुहतर्फ जुन साँवा प्रथम र लिजा तामाङ दोस्रो भएकी थिइन् । ३५ केजी समुहतर्फ युलिया राई प्रथम, श्रेया थापा दोस्रो, इक्सा मादेन र गुरास केसी तेस्रो भएकी थिइन् ।

त्यसैगरी, ३८ केजी समुहतर्फ डेन्सु योगी प्रथम भएकी थिइन भने रितु राई दोस्रो, खुशी श्रेष्ठ र रञ्जिता तामाङ तेस्रो भएकी थिइन् ।
महिलाहरुकै ४० केजी तौल तर्फ कल्पना पाण्डे प्रथम, नायु लिम्बु दोस्रो, यात्रा तामाङ र सुस्मिता तामाङ तेस्रो भएकी थिइन् ।

४३ केजीतर्फ अनिता लिम्बु प्रथम, अनुषा कार्की दोस्रो, सुप्रिया लिम्बू ्र निकिता तामाङ तेस्रो भएकी थिइन् । ४६ केजीतर्फ दीपशिखा लिम्बू प्रथम, सकिना तामाङ दोस्रो, निर्जला घिमिरे र इक्सा लिम्बु तेस्रो भएकी थिइन् ।

महिलाहरुकै ४८ केजी समुहतर्फ प्रतिमा तामाङ प्रथम, प्रकृति राई दोस्रो, लक्ष्मी लिम्बू र रेष्मा राई तेस्रो भएकी थिइन् ।

यता, पुरुषतर्फ २० केजी समुहमा अविशान खड्का प्रथम भएका थिए भने अनुष चौधरी दोस्रो, रियोन भण्डारी र प्रशन्न माझी तेस्रो भएका थिए ।

२५ केजी तौल समुहतर्फ सायारोन राई प्रथम, रेमन राई दोस्रो भएका थिए । २८ केजी तौल समुहमा अर्पण धिमाल प्रथम भएका थिए भने ताराहाङ राई दोस्रो, एशिष धिमाल र अभिषेक खड्का तेस्रो भएका थिए ।

पुरुषहरुकै ३० केजी तौल समुहमा नजर राई प्रथम भएका थिए भने विश्वास मगर दोस्रो भएका थिए । त्यस्तै, एलेक्स चौहान र वीरेन्द्र राई तेस्रो भएका थिए ।

३५ केजी तौल समुहमा युनिस कार्की प्रथम, अर्नेब राई दोस्रो, सलिन देवान र पुष्पजित न्यौपाने तेस्रो भएका थिए ।

पुरुषहरुकै ३८ केजी समुहमा युसन रावत प्रथम भएका थिए भने एभनजल राई दोस्रो, रोशन श्रेष्ठ र भिजल राई तेस्रो भएका थिए ।

त्यस्तै, पुरुषहरुको ४० केजी समुहतर्फ विशाल बस्नेत प्रथम, निशान चौधरी दोस्रो, बिजय बस्नेत र निमार राई तेस्रो भएका थिए ।

४८ केजी समुहमा महेन्द्र तामाङ प्रथम, संयोग भुजेल दोस्रो र इशक राई तेस्रो भएका थिए । पुरुषहरुकै ५० केजी तौल समुहतर्फ अरुण राई प्रथम, प्रिन्स राई दोस्रो र सुप्रेमी राई तेस्रो भएका थिए ।

प्रतियोगितामा बिजेता र उपबिजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख राम थापा, संविधानसभाका सदस्य तथा दमककी नेत्री महेन्द्रकुमारी लिम्बु, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाई र कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएका पूर्व बिट्रिस आर्मी, बेलायतमा राष्ट्रिय–अन्तराष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त खेलाडी तथा तेक्वान्दो डोजाङका संस्थापक एबम् प्रशिक्षक राष्ट्रकुमार राईले शिल्ड, मेडल र प्रमाणपत्र बितरण गरेका थिए ।

दमक सगरमाथा तेक्वान्दो डोजाङ मुख्य कार्यालय नेपालका अध्यक्ष जितु धिमालका अनुसार प्रतियोगिताा ७० जना बढी खेलाडीहरुले सहभागिता जनाएका थिए । सो प्रतियोगितामा १८ केजीदेखि ५० केजी तौल समुहका २२ वटा फरक फरक खेलमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

धिमालले दमक सगरमाथा तेक्वान्दो डोजाङले नेपालको राष्ट्रिय खेलकुद परिषद अन्तर्गत तेक्वान्दो संघमा दर्ता पाएर पहिलो पटक प्रतियोगिता आयोजना गरिएको बताए । उनले बेलायतमा मु्ख्य कार्यालय मार्फत विश्वभर यस खेलको संस्थागत विकासको निम्ति प्रशिक्षण, खेल आयोजना, प्रचारप्रसार र खेल सम्बन्धी छलफल र अन्तक्रिया भइरहेको बताए ।

प्रतियोगिताको समापनमा बेलायतस्थित सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक राष्ट्र राईको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि दमक नगर प्रमुख थापा, संविधान सभाकी सदस्य लिम्बु, दमक नगरकी उपप्रमुख प्रसाईले आ–आफ्ना मन्तव्य राखेका थिए ।

सो अवसरमा बक्सिङका पूर्व खेलाडी तथा प्रशिक्षक केशर बहादुर मगर, दमक सगरमाथा तेक्वान्दो डोजाङका सल्लाहकार प्रमुख पूर्व फुटबलर तथा समाजिक अगुवा गजेन्द्र देवान, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकी, दमकका सामाजिक अगुवा भूमिराज राई, राजेन्द्र सिटौला, कल्पना राई, रमा लिम्बु, प्रकाश प्रसाई, ढ्ुण्डिराज भण्डारी, पारषमण्ी आचार्य लगायत खेलप्रेमी र दर्शकहरुको सहभागिता थियो ।

कार्यक्रममा राष्ट्र राईले प्रतियोगिता सफल बनाउनका लागि सहयोगी संघसंस्था, व्याक्ति, खेलप्रेमी, खेलाडी र सर्वोदय अंग्रेजी विद्यालयका प्रिन्सिपल लगायत विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरुमा हार्दिक ध्रन्यवाद तथा आभार व्यक्त गरे । उनले आगामी वर्षमा तेक्वान्दो डोजाङ खेल आयोजना गरिने र त्यस खेललाई अझै धेरै वृहत ढंगले सम्पन्न गर्ने बताए ।

सो अवसरमा सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल नबीन योगीले स्वागत मन्तव्य राखेका थिए भने रोशन दाहालले सञ्चालन गरेका दमक सगरमाथा तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमालले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *