काठमाडौं, २३ माघ–नेकपा (एकीकृत समाजवादी) ले २०८० फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
पार्टीको पाँचौं केन्द्रीय कमिटीको बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा अव ‘संगठन सुदृढिकरणका लागि अबको जेठ महिनासम्मका लागि स्थानीय कमिटीहरुलाई एउटा कार्ययोजना दिएर पठाएका छौं ।
फागुनमा जिल्लाले त्यो भन्दा अगाडि स्थानीय कमिटीहरुले गर्दै जेठसम्ममा कमिटी पुनर्गठनका काम सम्पन्न गर्नेछन् । र आउँदो फागुन महिनाभित्र राष्ट्रिय महाधिवेृशन गर्छौं । हाम्रो ध्यान त्यतातिर हुनेछ ।’
