काठमाडौं, २५ माघ–राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृहजिल्ला भोजपुर जाने भएकी छिन्। जिल्लाको उत्तरी षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता विदुषी योगमायाको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको भ्रमणका लागि राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्।

राष्ट्रपति भण्डारी षडानन्द नगरपालिका –१ स्थित मझुवामा रहेको विदुषी योगमायाको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको षडानन्द नगरपालिका नगरप्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए। राष्ट्रपति भण्डारीले नवनिर्मित बालागुरुको शालिक अनावरणसँगै कैलाश डाँडामा रहेको गुरुकुल र जनस्तरबाट स्थापना गरिएको नेपालको पहिलो पाठशाला षडानन्द माध्यमिक विद्यालय अवलोकन गर्नेछिन्। उनले त्यसनजिकै रहेको अरुण माविको समेत अवलोकन गर्ने कार्यक्रम रहेको नगर प्रमुख उदासले बताए।

त्यसैगरी राष्ट्रपति भण्डारीले साल्पासिलिछो गाउँपालिका– १ गौंडेनीमा रहेको पशुपतिनाथको मन्दिरमा पूजाआजा गर्ने पनि कार्यक्रम छ। राष्ट्रपतिको भ्रमणको अवसरमा साल्पासिलिछो गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *