झिलझिले, २५ माघ–झापाको शिबसताक्षी–८ डुडामारीस्थित सृजना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आज (बुधबार) निर्विरोध नेतृत्व चयन भएको छ ।
निर्वाचन समितिको संयोजक दिपक न्यौपानेका अनुसार सृजना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व निर्विरोध चयन भएको हो ।
समितिनको अध्यक्षमा शिबकुमार मेन्याङबो, उपाध्यक्षमा अम्बिका शेर्मा, सचिवमा इन्द्र कुवेर राई र कोषाध्यक्षमा खनिमाया श्रेष्ठ छन् । समितिको सहसचिव पदमा उम्मेदवारी नपरेको निर्वाचन समितिका संयोजक न्यौपानेले जानकारी दिनुभयो ।
त्यस्तैं, समितिका सदस्यहरुमा मनमाया आङदम्बे, रोमन विश्वकर्मा, कला लिम्बू, हरिशंकर सिलवाल, टेकबहादुर लिम्बु र तेजबहादुर राई छन् ।
