काठमाडौं, २८ माघ–प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र( का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गइरहेको बताएका छन् । उनले आफ्नो पार्टीको भविष्य उज्ज्वल देखिरहेको बताएका छन् ।

आज ९शनिबार० पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकमा उनले भने, ‘निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ । यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो । यसको भरपूर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैप र्दछ । एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चिज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ । पार्टीका पनि सबै नेता–कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिनैपर्छ ।’

उनले सरकारको प्राथमिकता सामाजिक न्याय, सुशासन र समृद्धि भएको बताए । यो लक्ष्य हासिल गर्न सिंगो देशलाई एकताबद्ध बनाएर लैजानु पर्ने उनले बताएका छन् । ‘पार्टीको स्थायी समिति बैठकले सरकारलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय गरेको छ । पार्टीको दुईमहिने संगठनात्मक अभियान चलाउँदै छौँ’, उनले भने, ‘जनता र कार्यकर्ताका कुरा सुनेर आउन भनिएको छ । अर्कोतिर, पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेका छौँ । सम्भव हुने पार्टीहरूसँग तत्काल पार्टी एकता गर्छौँ, तत्काल एकता सम्भव नहुने पार्टीहरूसँग समाजवादी मोर्चा बनाएर एकताको आधार तयार पार्छौँ ।’

उनले थपे, ‘अहिले पनि अप्ठ्याराहरू छन्, चुनौतीहरू छन् । ती सबैलाई हामी छिचोल्छौँ र अगाडि बढ्छौँ । अर्को निर्वाचनसम्म जाँदा हाम्रो पार्टी फेरि शक्तिशाली भएर आउँछ । देशको वैकल्पिक शक्ति हामी नै हौँ भन्ने तथ्य परिणामबाट पनि स्थापित हुन्छ । त्यसरी हेर्दा मैले माओवादी पार्टीको भविष्य उज्ज्वल नै देखिरहेको छु । हामी फेरि उचाइका साथ अघि बढ्छौँ ।’ प्रधानमन्त्री प्रचण्डले सरकारको नीति, कार्यक्रम र बजेटमा दलितका माग र मुद्दा सम्बोधन गर्न उच्च प्राथमिकता दिइने समेत बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *