झिलझिले, २८ माघ–पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा शनिबार झापाली युवाहरुको बनभोज कार्यक्रम सम्पन्न भएको छ । धार्मीक दृष्ट्रिकोणले प्राचिनकालको सभ्यतासंग जोडिएको सताक्षीधामको प्रचारप्रसार गर्दै यहाँ आन्तरिक पर्यटनको विकास र प्रवर्दन गर्ने उदेश्यले बनभोज कार्यक्रम आयोजना गरिएको हो ।

बनभोज कार्यक्रम व्यवस्थापकीय प्रमुख तथा धार्मीक तथा पर्यटकीय संस्था सताक्षीधामका अध्यक्ष तुलाराम बोखिम, झापा निर्वाचन क्षेत्र नं १ का प्रदेश १ का सांसद गोपाल तामाङ, झापा क्षेत्र नं ४ का प्रदेश सांसद राधाकृष्ण खनाल, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेब गोम्देन तामाङ, शिबसताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्रा, शिबसताक्षी–११ का वडा अध्यक्ष बहादुर आङबो, शिबसताक्षी नगरपालिकाका पूर्व वडा अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) झापाका उपसचिव नबीन इजम लगायतको उपस्थिती थियो ।

त्यस्तै, सोही बनभोज कार्यक्रममा झापाका सामाजिक संघसंस्था, राजनीतिक दलका नेताहरु, उद्यमी तथा व्यवसायीहरु, जनप्रतिनिधिहरु, झापाका सुरक्षा विभागका प्रमुखहरु, विभिन्न खेल क्षेत्रका खेलाडीहरु, कलाकारहरु, साहित्यकारहरु,
पत्रकार तथा सञ्चारकर्मीहरुको ठूलो संख्यामा उपस्थिती थियो ।

सो अवसरमा सताक्षीधामको विकासमा छिमेकी नगरपालिका, जनप्रतिनिधि, उद्यमी व्यवसायी र सञ्चारकर्मीहरुको भूमिका सम्बन्धी छलफल समेत भएको धार्मीक तथा पर्यटकीय विकास संस्था सताक्षीधामका अध्यक्ष तुलाराम बोखिमले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *