काठमाडौं, २९ माघ–महाशिवरात्रिको पूर्व सन्ध्यामा पशुपति क्षेत्र सफा गर्न पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा आफैं लागि परेका छन्।

संस्कृति पर्यटन एवं नागरिक उडड्यन मन्त्री सुदन किराँतीको विशेष पहलपछि कोषले शिवरात्रिलाई लक्षित गरी रंगरोगन, साजसज्जा र सफाईमा जोड दिएको छ।

कोषका कर्मचारी भन्छन् “सफाई गर्ने जनशक्ति एकदमै न्यून छ, उपलब्ध पनि काममा ध्यान दिँदैनन्” उनले थपे “त्यसैकारण कोषका सदस्य सचिव डा। थापा दैनन्दिन यि विविध सेवामा खटिरहनु भएको छ । जसले गर्दा हामीलाई समेत प्रेरणा र ऊर्जा थप भएको छ।”

पशुपति क्षेत्रमा भष्मेश्वर घाट, आर्यघाट, साधुसन्तका कुटी, विद्युतिय शवदाह गृह, सार्वजनिक शौचालय आदि चौबिसै घण्टा सञ्चालन हुने भएकाले पनि सरसफाईमा चुनौती रहँदै आएको छ । शिवरात्री नजिकिदै गर्दा भक्तजन र साधुसन्तको घुँईचो बढ्नाले थप चुनौति रहने देखिन्छ।

त्यसलाई चिर्नका निमित्त सदस्य सचिव डा। थापा स्वयम्को अग्रसरतामा समग्र पशुपति क्षेत्रलाई सुसज्जित बनाउन लागि परेका छन् ।

यस वर्षको महाशिवरात्री पर्वमा नेपाल, भारत, भुटान लगायत अन्य राष्ट्रहरुबाट १० लाख सनातन धर्मावलम्बीहरु भगवान् श्री पशुपतिनाथको दर्शनार्थ आउने अनुमान गरिएको छ । डा। थापा भन्छन् “यस पटक पशुपति दर्शन गर्न आउने भक्तजनहरुका लागि सेवा सुविधामा कुनै कमि हुन दिइने छैन । हामीसंग उपलब्ध जनशक्ति र श्रोत साधनको भरपुर उपयोग गरी यस पर्वलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने लक्ष्य राखेका छौं ।”

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *