दमक, २९ माघ–झापाको झिलझिलेमा अवस्थित इलाका प्रहरी कार्यालयलाई स्थानीय बुढाथोकी परिवारद्धारा रु ८ लाख बढी मूल्य बराबरको एउटा भवन निर्माण गरिदिएका छन् । शिबसताक्षी–८ झिलझिलेका तेजबहादुर (कुमार) बुढाथोकीले आफ्ना हजुरबाबा डिल्लीराम र हजुरआमा नरमाया बुढाथोकीको पुष्य स्मृतीमा इलाका प्रहरी कार्यालय झिलझिलेलाई रु ८ लाख बढीको भवन निर्माण गरिदिएका स्थानीयवासी मोहन बाहिङ राईले जानकारी दिनुभएको छ ।

काठमाण्डौंमा केएसवी इन्टरनेशनल प्रा.लि.का प्रवन्धक निर्देशक बुढाथोकीले झिलझिलेस्थित आफ्नै घर नजिकैको प्रहरी कार्यालयका प्रहरी निरीक्षकको कार्यकक्ष निर्माण गरेका हुन् । सामाजिक सेवामा सक्रिय युवा व्यवसायी तेजबहादुर (कुमार) ले शान्ति सुरक्षामा खटिइने प्रहरी कार्यालयलाई आवश्यक भएर पनि निर्माण गर्न नसकिरहेको कारण आफ्नो हजुरबुबा र हजुरआमाको पुष्य स्मृतीमा भवन निर्माण गरेको जानकारी दिनुभयो । नेकपा (एमाले) सम्बद वहाँ हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा शिबसताक्षी–८ मा वडा अध्यक्ष पदका उम्मेदवारी हुन् ।

रु ८ लाख बढी खर्चमा निर्माण भएको सो भवन एक कार्यक्रमबीच हस्तान्त्रण गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख (प्रहरी उपरीक्षक) दुर्गाराज रेग्मीले सो भवनको उद्घाटन गर्नुभएको छ । भवनको उद्घाटनपछि इलाका प्रहरी कार्यालय झिलझिलेलाई हस्तान्त्रण गरिएको हो । सो क्रममा इलाका प्रहरी कार्यालयका प्रमुख (प्रहरी निरीषक) महेन्द्र खड्काले प्रहरी कार्यालयलाई दैनिक कार्य सम्पादनमा आवश्यक रहेको भवन निर्माणकर्ता बुढाथोकी परिवारलाई हार्दिक आभार तथा धन्यवाद दिनुभएको थियो ।

विसं १९८७ चैत १५ गते जन्मिएका डिल्लीराम (कालीबहादुर) बुढाथोकीको वि.सं २०६६ माघ २२ गतेका दिन निधन भएको र वि.सं १९९० मा जन्मिनुभएकी नरमाया बुढाथोकीको २०७४ भाद्र १२ गतेका दिन निधन भएको हो । बुढाथोकी दम्पतीका छोराहरु जंगबहादुर, शेरबहादुर र यामबहादुर हुन् भने बुहारीहरु खड्ग कुमारी, बौधमाया र तारादेबी हुन् । त्यस्तैं, छोरीहरुमा चन्द्रमाया खड्का, बचलादेबी बस्नेत, गंगादेबी भट्टराई र छबिमाया बुढाथोकी छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *