धरमपुर, १ फागुन–गत जेष्ठ १९ गते झापा शिबसताक्षी-१ धरमपुरका अम्बर नेम्बाङको जस्तापातासहितको घर आगलागीमा परेर खरानी भयो । आगलागीले घर खरानी भएपछि बिचल्लीमा परेका नेम्बाङ परिवारलाई स्थानीय युवाहरुको सक्रियतामा घर निर्माण गरिदिने प्रतिबद्धता गरे ।
दाताहरुको आर्थिक तथा जिन्सी सहयोगबाट र स्थानीय युवाहरु घर निर्माणमा आफै जुटेर तीन कोठे व्यवस्थित जस्तापाता भएको भुईघर बनाए । घर निर्माण सम्पन्न भएको लामो समयपछि आय–ब्यय सार्जजनिक गरिएको छ भने अग्नी पीडित अम्बर नेम्बाङ र उनको परिवारलाई नवनिर्मित घर हस्तान्त्ररण गरिएको घर निर्माण समितिका सदस्य तथा धरपमुरका युवा नेता अर्जुन चाम्लिङ राईले जानकारी दिए ।
हिजो (शनिबार), धरमपुरस्थित अम्बर नेम्बाङको नवनिर्मित घरैमा एक कार्यक्रमबीच घर हस्तान्तरणसँगै घर निर्माण समितिले आय-ब्यय सार्वजनिक गरेको छ । समितिले विभिन्न दाताहरु संकलित रकम ५ लाख २४ हजार ४२३ को लागतमा उक्त घर निर्माण गरेको जनाएको छ। जसमा संघीय सांसद एलपी साँवा लिम्बुले ५१ हजार, शिवसताक्षी नगरपालिकाबाट १ लाख सहयोग प्राप्त खर्च विवरणमा उल्लेख छ ।
त्यस्तै, नेकपा (एमाले) शिबसताक्षी–१ वडा कमिटीबाट ४८ हजार ७२५, खेलकुद महासंघ झापाबाट २५ हजार, प्रवासी मलेशियन समूहबाट २१ हजार २८५ सहयोग भएको जनाएको छ ।
घर निर्माणका लागि सहयागी दाताहरुले ३२ हजार ९८० बराबरको जिन्सी सहयोग र ७ हजार ३०० बराबरको घर निर्माणका लागि श्रमदान रहेको घर निर्माण समितिका अध्यक्ष अरुण चेम्जोङ्गले जानकारी दिए ।
