दमक, १० फाल्गुन–जीवन बीमा कम्पनीहरुबीच व्यवसायीक क्षेत्रमा स्थापित आइएमई लाइफ इन्स्योरेन्स कम्पनी दमक, गौरादह र उर्लाबारी शाखाको संयुक्त आयोजनामा ब्रान्सस्टार अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको दमक, गौरादह र उर्लाबारी शाखाद्धारा मंगलबार झापाको कमल गाउँपालिकास्थित पाडाजुङ्गीमा रहेको द रिभर भ्यू रिर्सोटमा अवार्ड वितरण गरिएको दमक शाखा प्रमुख ङिमा शेर्पाले जानकारी दिनुभयो ।
शाखा प्रमुख शेर्पाका अनुसार आइएमई लाईफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एजेन्सीहरुको कार्य कुशलताको आधारमा विभिन्न विषयतर्फ अवार्ड वितरण गरिएको हो ।
अवार्ड प्राप्त गर्नेहरुमा दमक शाखाबाट सेल्फ कोडमा पहिलो हुन सफल सम्झना राई, दोस्रो मनु साङपाङ राई, तेस्रो झरना लक्सम र टिमबाट पहिलो हुन सफल मनु साङपाङ राई, दोस्रो रुपा सेलिङ, तेस्रो पुनम सुब्बा रहेका छन ।
त्यस्तै उर्लाबारि उपशाखाबाट सेल्फ कोडमा टप धनमाया वनेम, टिमबाट टप गोमा दाहाल लगायत गौरदह उपशाखाबाट टप सेल्फ कोडमा बिनु कार्कि, टिमबाट रुपा सुवेदिलाई ब्रान्च स्टार अवार्ड प्रदान गरिएको थियो ।
सो अवसरमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश १ प्रमुख मिलन दाहालले प्रमाण पत्र तथा पुरुस्कार वितरण गर्नुभएको थियो ।
अवार्ड वितरण कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका दाहालले अवार्ड प्राप्त गर्ने एजेन्सी मेनेजरहरुलाई बधाई तथा आगामी समयका निम्ति शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा दमक शाखाको तर्फबाट रुपा सेलिङ, उर्लाबारी उपशाखाको तर्फबाट हेमकला न्यौपाने, गौरदह उपशाखाको तर्फबाट बिनु कार्किसहित डबल एमडिआरटि याम राई, पथरि शाखा प्रमुख चन्द्र राई लगायतले मन्तव्य राख्नु्भएको थियो ।
चिफ एजेन्सि मेनेजर मनु साङपाङ राई र उर्लाबारि उपशाखा प्रमुख विष्णु दवाडिले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने कम्पनीका एड्भाइजर लक्कि सिटौलाले स्वागत मन्तव्य राख्नु्भएको थियो ।
