भद्रपुर, १० फागुन–झापाको कचनकवल गाउँपालिकामा ४० हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराइने भएको छ ।

झापामा हात्तीपाइले रोगको धेरै जोखिम भएको क्षेत्र यस पालिकमा औषधि सेवन गराउन अधिकतम् प्रयास भइरहेको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र राजवंशीले जानकारी दिनुभयो । ‘औषधि सेवन दर बढाउने अधिकमत् प्रयास भइरहेको छ”, राजवंशीले भन्नुभयो, “हामीले त्यसका लागि तयारी पनि पुरा गरेका छौँ ।’

गाउँपालिकामा माइकिङ, सरोकारवालासँग अन्तरक्रिया र जनेचतनामूलक सामग्री प्रचार–प्रसारको काम भइरहेको उहाँले बताउनुभयो । हात्तीपाइले गम्भीर प्रकृतिको रोग भएकाले लक्षित सबै वर्गलाई औषधि सेवन गर्न उहाँले अपिल समेत गर्नुभएको छ ।

४० हजार गाउँपालिकाबासीलाई औषधि सेवन गराइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो । स्थानीय भाषामा समेत माइकिङ र जनचेतनामूलक कार्यक्रम गरिएको उहाँले बताउनुभयो । “धर्मगुरुको उहाँहरुकै भाषामा सन्देशमूलक सामग्री प्रकाशन गरेर प्रशारण गरेका छौं”, उहाँले भन्नुभयो, “अभियान सफल बनाउन उहाँहरु पनि प्रतिबद्ध भएर लाग्नुभएको छ ।

भोलि (फागुन ११, विहिबार) गतेदेखि शुरु हुने अभियानमा गाउँपालिकामा औषधि सेवन गराउन दैनिक २६ जना जनशक्ति खटिने छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *