दमक, १० फागुन–नेशनल लाईफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आज ३६औं स्थापना दिवस मनाएको छ । नेपालमा जीवन बीमा क्षेत्रमा पुरानो र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले दमक लगायत देशभरीका शाखा कार्यालयले ३६औं स्थापना दिवस मनाएको हो ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखाले स्थापना दिवसको अवसरमा दमकस्थित हाम्रो बाल आश्रमका बालबालिकाहरुलाई भोजन गराउनु साथै आश्रमलाई खाद्यान्य लगायतका स्टेशनरी सामाग्रीहरु सहयोग उपलब्ध गराएको शाखा प्रमुख सुमन थुलुङ राईले जानकारी दिनुभएको छ । शाखा प्रमुख राईका अनुसार नेशनल लाईफ इन्स्योन्स कम्पनी लिमिटेडको स्थापना दिवसमा दमक लगायत देशैभरी शुभकामना आदानप्रदानका साथ खुशीयाली गरी मनाइएको हो । सो क्रममा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखाका सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर र कर्मचारीहरुको सहभागिता थियो ।

आर्कषक बोनस र अधिकतम प्रतिफल प्रदान गर्दै ३६ वर्ष अघिदेखि नेपालमा निरन्तर जीवन बीमा क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको नेशनलको इतिहास गौरवपूर्ण र सुनौलो अक्षरमा लेखिएको दमक शाखा प्रमुख राईले बताउनुभयो । शाखा प्रमुख राईले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वीमा कम्पनीहरुबीचमा व्यवसायसंगै सामाजिक क्षेत्रमा सहयोग र सेवा गर्न सक्षम रहेको बताउनुभयो । वहाँले आगामी दिनमा हाम्रो कम्पनी मार्फत समाजिक क्षेत्रमा रचनात्मक र सृजनात्मक कार्यहरु गर्दै अघि बढिरहने जानकारी दिनुभयो ।

अघिल्लो वर्ष दमकस्थित रत्न जेष्ठ नागरिक बृद्धा आश्रमका आमाबुबाहरुलाई खाना खुवाउनुका साथै खाद्यान्य सामाग्रीहरु सहित आश्रम सञ्चालक समितिको कोषमा आर्थिक सहयोग गरिएको थियो । दमक–२ खरखरेस्थित हाम्रो बाल आश्रममा १६ जना बालबालिकाहरु आश्रित छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *