दमक, ११ फागुन–झापाको दमकमा होटल व्यवसायी संघले आजदेखि नवौं फूड फेस्टिवल आयोजना गरेको छ । संघले बर्सेनी सञ्चालन गदैं आएको फूडफेस्टिवल आजदेखि सञ्चालनमा आएको अध्यक्ष योगराज दाहालले बताए ।
दमक ७ पशुहाटको मैदानमा आयोजना गरिएको फूडफेस्टिवलको दमक नगर प्रमुख रामकुमार थापाले उद्घाटन गरे । स्थानीय खाद्यपरिकार तथा यहाँको पर्यटन, प्रवद्र्धनमा टेवा पुरयाउँने उद्देश्यले संघले बिस। २०७१ देखिे फूडफेस्टिबलको आयोजना गरिदैआएको छ ।
फूडफेस्टिवलका संयोजक भुपेन्द्र न्यौपानेका अनुसार फागुन १९ गतेसम्म चल्ने फूडफेस्टिबलमा विभिन्न जाति-जनजातिका तीन दर्जन बढी सांस्कृतिक खाद्यपद्धार्थहरु, कृषि उत्पादन लगायतका व्यवसायिक स्टलहरु रहेका छन् ।
फेस्टिवलभरि करिव ५० हजार बढी दर्शकले अवलोकन गर्नुका साथैं रु ५० लाख बराबरको कारोवार हुने फेस्टिलवका संयोजक न्यौपानेले बताए ।
फेस्टिवल उद्घाटनमा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाह, होटल ब्यवसायी महासङका उपाध्यक्ष रबिन गौतम, सचिब कुमार अधिकारी, नाटाका अध्यक्ष उदय श्रेष्ठ, होटल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष राजन दंगाल लगायतले पूर्वको पर्यटन, प्रवद्र्धनमा टेवा पुरयाँउन यस्ता गतिविधिले सघाउँ पुरयाउँने उल्लेख गरे ।
नवौं फूड फेस्टिवलको आज पहिलो दिन चर्चित गायक राम लिम्बूको प्रस्तुति रहने होटल ब्यवसायी संघका सदस्य काजी राउतले जनाएका छन् ।
फेस्टिबल अवधिभरि दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित गायिका मेलिना राई, एलिना चौहान, अस्मिता अधिकारी, ज्योति मगर लगायतका कलाकारको समेत प्रस्तुति रहने जनाईएको छ ।
