दमक, १२ फागुन–झापाको दमक–६ मा अवस्थित सर्वेश्वरी कृषि सहकारी संस्थाले आज सदस्यता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति, कर्मचारीहरु र विभिन्न उपसमितिलाई लक्षित गरेर संस्थाले सदस्यता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
मोरङको मिक्लाजुङस्थित पर्यटकीयस्थल खुढीमा आयोजित सदस्यता शिक्षा र अ्रन्तरक्रिया कार्यक्रम भएको हो । संस्थाका कार्यवहाक अध्यक्ष महेन्द्र चाम्लिङ राईको अध्यक्षता, सचिव हरिकुमार राईको स्वागत मन्तव्य र व्यवस्थापक उत्तम राइको कार्यक्रममा सञ्चालन थियो ।
६ वर्ष अघि स्थापना भएको सर्वेश्वरी कृषि सहकारी संस्थामा हाल १२ सय बढी शेयर सदस्यहरु छन् । दमकका शेयर सदस्यहरुलाई बचत तथा ऋण सम्बन्धी कारोबार गरिरहेको संस्थाले आफ्ना सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।
सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा लेखा समितिका संयोजक अर्जुन राई, कर्जा उपसमितिका संयोजक तथा सञ्चालक समितिका सचिव हरिकुमार राई, शिक्षा उपसमितिका सदस्य गंगाबहादुर लिम्बू, लेखा समितिका सदस्य टिकाराम राई, धितो मुल्याङ्कन उपसमितिका सदस्य विक्रम सुहाङ लगायतले आ-आफ्ना विचारहरु राखेका थिए ।
सो अवसरमा दमक-१ जन जागृती टोल विकास संस्थाका अध्यक्ष लालबहादुर राईले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा समाजवादी प्रेष संगठन झापाका सहसचिव गोविन ल्वागुन, कमल बोखिम राई, जन जागृती टोल विकास संस्थाका उपाध्यक्ष लेजकुमार श्रेष्ठ, सुदर्शन बचत तथा ऋण सहकारी संस्था उर्लाबारीका व्यवस्थापक नरेन शेर्मा लगायतको उपस्थिति थियो ।
कार्यक्रमको समापनको क्रममा संस्थाका कार्यवहाक अध्यक्ष तथा सभाका अध्यक्ष चाम्लिङले सर्वेश्वरी कृषि सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार समिति, कर्मचारी र विभिन्न उपसमितिलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको बताए । उनले संस्थाले आगामी दिनमा शेयर सदस्यहरुलाई समेत लक्षित गरेर सदस्य शिक्षा कार्यक्रम गरिने बताए ।
