दुधे (शिवसताक्षी), १२ फागुन–शिवसताक्षी नगरपालिकाको ११ औं नगरसभामा पाँच जना उत्कृष्ट कर्मचारीहरु सम्मानित भएका छन् । नगरपालिकाको कार्यालयमा नगरसभाको अवसरमा उत्कृष्ट पाँच जना कर्मचारीहरुलाई सम्मान गरिएको हो ।
उत्कृष्ट पाँच जना कर्मचारीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सम्मान पत्र तथा नगर पुरस्कार प्रदान गरेका थिए । नगरपालिकाले सम्मानित कर्मचारीहरुलाई जनही ७ हजार प्रदान गरेको थियो ।
सम्मानित हुनेहरुमा अधिकृत छैटौ योजना शाखाका प्रकाश रन्जितकार, वडा नं ७ का वडासचिव धनराज इम्बुङ्ग, वडा नं ८ को आधारभूत स्वास्थ्यकेन्द्रमा कार्यरत एचए सोनी लिम्बु, वडा नं ५ मा कार्यरत कार्यालय सहयोगी भुटलाल ताजपुरिया, फोहोर मैला व्यवस्थापनका सवारी चालक उमेश दाहाल रहेका छन् ।
