झिलझिले, १३ फागुन–अहिलको आधुनिक समाज निर्माण हुनु अघिको आदिम समयदेखि खोला, नदी वा तलाउहरुमा जोखिमपूर्ण ढुंगा खियाएर र नदीमा माछा मारेर जीविका पार्जन गर्ने माझी समुदायको महान चार्ड कोशी अर्थात लदी पुजाको तयारीमा झापाका माझी समुदायहरु यतिवेला व्यस्त छन् । माझी समुदायले आफ्नो मुख्य चार्ड वा पर्वको रुपमा मान्दै र मनाउदै आइरहेको लदी पुजा प्रत्येक वर्षको फागुन महिनामा तेस्रो मंगलबार पर्दछ ।
यस वर्षको कोशी (लदी) पुजा फागुन १६ गते मंगलबारका दिन झापाका माझीहरुले पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल दोमुखास्थित कनकाई (माई) नदीमा मनाइने भएको छ । यसैबीच, पुजाको तयारी र पुजामा हुने कार्यक्रमका बारेमा जानकारी गराउने उदेश्यले शनिबार नेपाल माझी उत्थान संघ झापाले शिबसताक्षी–८ झिलझिलेमा पत्रकार सम्मेलन गरेको छ ।
पत्रकार सम्मेलनमा नेपाल माझी उत्थान संघ झापाका अध्यक्ष कृष्ण माझीले यसवर्ष फागुन १६ गते मंगलबारका दिन कोशी (लदी) पुजा पर्न गएको र सो दिन झापाका माझीहरुको विशेष उपस्थितिमा पुजा सम्पन्न हुने बताउनुभयो । अध्यक्ष माझीका अनुसार शिबसताक्षी-१० दोमुखाास्थित कनकाई (माइ) मा आयोजित पुजामा माझी समुदायको जनजीविनमा आधारित जलदेबि अर्थात जल देबि–देउताको पुजा गरिन्छ । साथै, मौलिक भेषभुषा, खानपान, बाजागाजा, नृत्य, धामी, झ्याक्री, माछा मार्ने जाल, औजार, हातहतियारहरु प्रर्दशन गरिनुका साथै सो दिन आदिम काल समयदेखि सुरुवात गरिएको ढुंगालाई पुजा गरिने कार्यक्रम छ ।
त्यस्तैं, पुजा सम्पन्न गर्न विभिन्न समिति र उपसमितिहरु गठन गरिएको अध्यक्ष कृष्ण माझीले जानकारी गराउनुभयो । झापामा झण्डै १४ हजार बढी संख्यामा बसोबास गरिरहेका माझीहरुको विशेष सघन बसोबासको हिसावले शिबसताक्षीमा धेरै संख्यामा माझीहरु छन् । त्यस्तैं, अर्जुनधरा, दमक र कमलमा माझीहरुको विशेष बसोबास रहेको छ । त्यसो त माझीहरु झापाका १५ वटै पालिकाहरुमा बसोबास गर्दै आइरहेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल माझी संघ झापाका अध्यक्ष कृष्ण माझीले माझी समुदायको महान चार्ड कोशी (लदी) पुजालाई राष्ट्रिय चार्डको रुपमा मनाउन र सो दिनलाई सार्वजनिक बिदाको रुपमा घोषणा गर्न माग गर्नुभयो । वहाँले माझीहरुको धर्म, संस्कृति, र कोशी (लदी) पुजाको महत्व र यसलाई संरक्षण गर्न राजनीतिक दल, नेतृत्व र सरकारको तर्फबाट वेबास्ता गरिएकोमा दुखेसो पोख्नुभयो ।
सो अवसरमा वहाँले प्रकृति पुजक र भूमि पुत्र माझी जातिको मौलिक भाषा, धर्म, कला, संस्कृतिसहितको कोशी (लदी) पुजाको दिन राष्ट्रिय चार्डको रुपमा घोषणा गर्दै सो दिन सार्वजनिक बिदा दिन पत्रकार सम्मेलनमा जोडदार माग गर्नुभयो ।
त्यस्तैं, पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष एबम् आदीवासि जनजाती महासंघ शिबसताक्षी नगरका पूर्वअध्यक्ष मणीकुमार माझीले सरकारले माझी जातिमाथि बिभेद गरिहेको बताउनुभयो । माझीले माझीहरु यहि देशको नागरिक भएर पनि कोशी (लदी) पुजाको दिन राष्ट्रिय चार्ड भनेर घोषणा गर्न नसक्नु र सो दिनलाई सार्वजनिक बिदा गर्न नसक्नुले आफुहरुमाथि ठूलो अन्याय भएको बताउनभयो ।
संघका झापा उपाध्यक्ष तथा कमल गाउँपालिकाका अध्यक्ष सुरेश माझीले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो मंगलबारका दिन पर्ने कोशी (लदी) पुजा झापा लगायत मोरङ, सुनसरी, उदयपुरसहित रामेछाप, धादिङ, काठमाण्डौ, भत्तपुर, ललितपुर लगायय देशभरीका माझीहरुले हर्ष र उमंगका साथ मनाउने गरिएको बताउनुभयो । वहाँले यस चार्डलाई संघीय सरकारले देशभर एक साथ सार्वजनिक बिदा दिन समेत माग गर्नुभएको छ ।
सो पत्रकार सम्मेलनमा नेपाल माझी चलचित्रकर्मी संघ झापा अध्यक्ष राजकुमार माझी, नेपाल माझी युवा संघ झापाका सुवर्ण माझी, नेपाल माझी उत्थान संघ झापाका सलाहकार गंगा माझी लगायतको उपस्थिति थियो । सो कार्यक्रममा नेपाल माझी उत्थान संघ झापाका सचिव तथा दमक नगर अध्यक्ष बलबहादुर माझीले संञ्चालन गर्नुभएको थियो ।
यता, माझी उत्थान झापाका कोषाध्यक्ष सुमन माझीले लदी पुजालाई झापा लगायत देशभरीका माझी समुदायले सांस्कृतिक आन्दोलनका रुपमा लिने गरेको बताउनुभयो । वहाँले पुजाका दिन माझीहरु आफु लगायत आफ्ना परिवारका सदस्यहरुलाई लिएर सहभागिता जनाउने गर्छन् र पुजा समापन पछि घर फर्किएर आ–आफ्ना घरमा क्षमता अनुसारको पाहुना सत्कार र पाहुनाका लागि खानपान गरेर खुशीयाली साटासाट गर्ने प्रचलन रहेको बताउनुभयो ।
वहाँले पुजा सम्पन्न गर्न रु २ लाख बढी खर्च हुने र सो खर्च माझी समुदायबाटै संङकलन गरिने बताउनुभयो । पुजालाई भब्य, सभ्यसहित मनोरञ्जनात्मक बनाउन नृत्य प्रतियोगिता, गीत, नृत्य, झ्याकी र भेषभुष प्रर्दशन लगायतका कार्यक्रम रहेको जानकारी दिनुभयो । त्यस्तै, सोही अवसरमा माझी उत्थान संघको संस्थागत विकास र प्रवद्र्धनमा योगदान पुर्याउनुहुने अग्रज तथा दानवीरहरुलाई मान सम्मान हुने संघका झापा कोषाध्यक्ष सुमन माझीले जानकारी दिनुभयो ।
