काठमाडौं, १५ फागुन–नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिमा रामचन्द्र पौडेलले जिल्ने बताउनु भएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपाले अहिले पनि परिवर्तनलाई उल्टाउने प्रयास भइरहेको उल्लेख गर्दै आजको दिनमा लोकतन्त्र प्रति समर्पित व्यक्तिहरू गम्भीर बुन्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले आठ दलको बैठकमा पनि राष्ट्रियतालाई सम्बद्ध कसरी गर्ने हाम्रो राष्ट्रिय मर्यादाको रक्षा कसरी गर्ने ? राष्ट्रिय स्वाभिमानलाई बचाउने कसरी ?लोकतन्त्रको रक्षा कसरी गर्ने ? गणतन्त्र र संविधानको कसरी रक्षा गर्ने ? भन्ने विषयमा जोड दिएका छौँ।’
उनले गठबन्धनले अगाडि सारेको राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल विजयी हुनेमा विश्वस्त रहेको बताउनु भयो ।
