भद्रपुर, १५ फागुन–झापाको भद्रपुरमा जारी भद्रपुर झापा गोल्डकपको उपाधि रक्षा गर्ने त्रिभुवन आर्मी र मछिन्द्र क्लवले दाबी गरेका छन् । भोलि हुने फाइनल खेलको पूर्व सन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीले उपाधि आ–आफ्नो पोल्टामा पार्न कुनै कसर बाँकी नराख्ने दाबी गरेका हुन् ।
फुटबल लिगको अन्तिम खेलसमेत भएकोले लिगको तयारीका लागि दुबै टिम तयार रहेको दावी दुबै टिमले गरेको छ । आर्मीका टिम कोच राजु तामाङले आर्मीलाई झापाको भुमि सधै अनुकुल नतिजाका लागि तयार रहेको भन्दै बिजयी ट्रफि लिएर मात्रै लिग खेल्न जाने बताउँनुभयो । आफ्नो अर्को टिम काठमाण्डौमा केपी ओली कप खेलिरहेको भन्दै केहि महत्वपुर्ण खेलाडीहरु काठमाण्डौबाट मनाएर उपाधि रक्षाको तयारी आर्मीले गर्ने आर्मीका प्रशिक्षक तामाङले बताउनुभयो । आर्मीका टिम क्याप्टेन जर्ज पिन्स कार्कीले आफ्नो टिम उपाधिको नजिक रहेको भन्दै उपाधिको दावेदार रहेको बताउँनुभयो ।
यता मछिन्द्रका टिम कोच प्रवेश कटुवालले समेत अघिल्लो लिग बिजेता टिम भएकोले आर्मीसग हार्ने छुट आफुहरुलाई नभएको बताउँनुभयो । केपी ओली कपमा समेत आफ्नो टिमले खेल अनुकुल नजिता निकालिरहेको भन्दै केहि घण्टाकै फरकमा खेलाडीले प्रतियोगिता खेल्नुपरेको भन्दै सत प्रतिशत खेल पस्कन नसकेपनि आर्मी बिरुद्ध जित निकाल्नेमा आफु आशावादी रहेको कटुवालले बताउनुभयो ।
मछेन्द्रका ७ खेलाडी झापालीनै भएकोले समेत होम ग्राउण्डमा खेलीरहेको अनुभुति मछिन्द्रलाई हुने प्रशिक्षक कटुवालको भनाई थियो । मछिन्द्रका टिम क्याप्टेन सुजल श्रेष्ठले चाडो चाडो खेल खेल्नुपर्दा खेलाडीलाई समस्या भएपनि सतप्रतिशत दिएर खेल खेल्ने र उपाधि रक्षा गर्ने बताउनुभयो । मंगलवार हुने प्रतियोगितामा बिजेता टिमले नगद १३ लाख र उपबिजयी हुने टिमले नगद ७ लाख रुपैँया प्राप्त गर्ने छ ।
पत्रकार सम्मेलनमा गोल्डकपका अध्यक्ष दिपेश ढकालले भद्रपुर झापा गोल्डपकको पहिलो संस्करण लगभग सफल भएको बताउनुभयो । उहाँले सबै क्षेत्रको चौतर्फी सहयोग, सहकार्यका कारण गोल्डकप सफल भएको बताउनुभयो । कार्यक्रमको सञ्चालन म्याच कमिसार भगिरथ आले मामाले गर्नुभएको थियो ।
