दमक, १६ फागुन–दमक उद्योग बाणिज्य संघले बैंकहरुले ऋण लगानी गरेर बढाएको चर्को ब्याजलाई घटाउन सात दिनको समय दिएको छ । ऋण उपलब्ध गराएपछि ब्याजदरमा क्रमश बृद्धि गर्दै लैजानुले व्यवसायीहरु आफ्नो पेशा वा समाजवाट पलायन हुनुपर्ने अवस्था सृजना भएको भन्दैं दमक उद्योग बाणिज्य संघले बैंकहरुलाई ब्याजदर घटाउनका लागि सात दिनको समय छुट्एको हो ।

मंगलबार, दमक उद्योग बाणिज्य संघले आफ्नै कार्यालयमा पत्रकरा भेटघाट गरेर सो जानकारी गराएको हो । संघका अध्यक्ष गोपाल (देबीप्रसाद) गुरागाईले व्यवसायीहरुले बैंकको चर्को ब्याजदरका कारण आफनो पेशा वा व्यवसायवाट पलायन हुनुपर्ने अवस्था आएको बताए । उनले व्यवसायीहरुले राष्ट्र बैंकको गलत मौद्रिक नीति र बैंकहरुले गरेको ब्याज बृद्धिको विरोधमा शसक्त आन्दोलनमा जाने घोषणा गरेका छन् ।

संघका अध्यक्ष गुरागाइँले बैंकहरुले ऋणको पुनसंरचना र पुर्नतालिकीकरणको माग मुख्य रहेको बताए । उनले विश्वव्यापी रुपमा आएको आर्थिक मन्दीका कारण व्यवसायीहरु पलायन हुने क्रम चलिरहेको भन्दै यस्तो अवस्था आउनुमा राज्यको नीतिनै दोषी भएको पनि आरोप लगाए ।

अध्यक्ष गुरागाइँले व्यवसायीहरुका मागको सम्बन्धित निकायले ७ दिनभित्र सुनुवाई नगरे जस्तोसुकै आन्दोलनमा जाने चेतावनी पनि दिए । अध्यक्ष गुरागाइँले भने,–‘घरबेटी र स्थानीय तहले समेत व्यवसायीहरुको संरक्षणका लागि कर तथा भाडामा समेत छुटको व्यवस्था गर्नुपर्र्छ ।’

पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष गोकूल श्रेष्ठले साना तथा मझौला व्यवसायीहरु पछिल्लो समय प्रताडित हुनु परिरहेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघले समेत राज्यको गलत नीति तथा रवैयाका विरुद्ध सशक्त आन्दोलन छेड्न नसकेको टिप्पणी गरे । उनले व्यवसायीहरुको संरक्षणमा राज्यपक्ष गम्भिर हुुनुपर्ने अवस्था रहेको बताए । महासंघको कमजोर भूमिकाका कारण निजी क्षेत्रले राज्यपक्षबाट न्याय पाउन नसकेको भन्दै महासंघको आगामी नेतृत्वका लागि दमकले समेत दाबी पेश गरेको श्रेष्ठले बताए ।

संघका लेखा संयोजक नेत्र चम्लागाईले संघले ऋणको पुनसंरचना, पुर्नतालिकीकरणसंगै आंशिक धितो फुकुवा, बैंकको कोषमा लचकता र ऋण लिँदाको बखतको ब्याजदर कायम गर्नुपर्ने मागहरुलाई पनि सशक्त रुपमा अघि सारेको बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *