माइधार (दोमुखा), १६ फागुन–माझी समुदायले झापाको शिबसताक्षी–१० दोमुखास्थित कनकाई नदीमा आज बिभिन्न कार्यक्रम गर्दै भव्यरुपमा कोशी (लदी) पुजा मनाएका छन् । माझी समुदायले माहान चाडको रुपमा मनाउदै आएको लदी पुजाको अवसरमा पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल दोमुखामा बिधिपुर्वक पुजाआजा गर्दै सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति झापाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका मेयर मेघाहाङ थोप्राले कनकाई नदिको किनारमा बनाइएको पुजा स्थलमा पुजाआरधना गर्दै पानसमा दीपप्रज्वलन गरेर सभाको उद्घाटन गर्नुभएको नेपाल माझी उत्थान संघ झापाका कोषाध्यक्ष सुमन माझीले जानकारी दिए ।
नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति झापाका अध्यक्ष कृष्ण बहादुर माझीको अध्यक्षतामा भएको कार्यक्रममा माझी जातिको मौलिक कलासंस्कृतीको प्रस्तुति रहेको थियो । कोशी (लदी) पुजाको अवसरमा माझी जातिले बिषेश गरेर नदि र पानिको पुजा गर्ने गरेको अध्यक्ष माझीले बताउनुभयो । उहाँले विगतका दिनमा परम्परागता पेशा ढुङ्गा चलाएर दैनिक जिविको पार्जन गर्ने मार्झीहरु अहिले बढ्दो आधुनिक विकाससंगै बैकल्पिक पेशा व्यवसायमा लागिरहेको बताउनुभयो । उहाँले सरकारले माझी समुदायकालागि वैज्ञानी विकल्पको खोजी गरिदिनुपर्ने माग समेत राख्नुभयो ।
लदी पुजा पर्वमा झापासहित छिमेकी जिल्लाहरु इलाम र मोरङबाट तथा भारतको दार्जेलिङ लगायतका स्थानबाट समेत माझी समुदायका मानिसहरुको उपस्थिति रहेको अध्यक्ष कृष्ण बहादुर माझीले बताउनुभयो । सामुहीक रुपमा भएको पुजा कार्यक्रममा ५ हजार माझी समुदायका मानिसहरुको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा झामी समुदायका अगुवाहरुले शिवसताक्षी नगरपालिकाले लदी पुजाको अवसरमा स्थानीय विदा दिनुपर्ने माग गरेका थिए ।
सो अवसरमा आफ्ना कुरा राख्दै शिवसताक्षी नगरपालिकाका मेयर मेघाहाङ थोप्राले माझी समुदायका मागप्रति आफु सकरात्मक रहेको बताउनुभयो । उहाँले लदी पुजा पर्वकालागि यो बर्षपनि १ लाख बजेट विनियोजन गरेको र आगामी दिनमा नगर सरकारको तर्फबाट थप सहयोग गर्ने बताउनुभयो ।
विधिपुर्वक पुजाको कार्य बिहानदेखि नै भए पनि औपचारिक सभाको उद्घाटन भने मध्यन्हमा भएको थियो । कार्यक्रममा बिभिन्न कलाकारहरुले माझी सुमुदायको मौलिक तथा परम्परागत संस्कृतीलाई झल्काउने प्रस्तुति दिएका थिए । पर्वको अवसरमा माझी समुदायमा लोकप्रिय रहेको बिभिन्न परिकारहरुको प्रर्दशनी समेत गरिएको थियो ।






