धरमपुर, १८ फागुन–झापाको शिबसताक्षी–२ (धरमपुर) मंगलबारेस्थित मोती माध्यमिक विद्यालयमा ३२ जना स्काउट विद्यार्थीहरु दीक्षित भएका छन् । उनीहरुलाई शिबसताक्षी नगरपालिकाका प्रमुख तथा दीक्षान्त समारोहका प्रमुख अतिथि मेघाहाङ थोप्रोले दीक्षित गराएका हुन् ।
विद्यालयका स्काउटर शिक्षक इन्द्र प्रसाद नेपालका अनुसारप्रधानध्यापक लोक बहादुर लावतीको अध्यक्षतामा र नगर प्रमुख थोप्राको प्रमुख आतिथ्यतामा स्काउट दीक्षान्त समारोह सम्पन्न भएको हो ।
विद्यालयका स्काउटर शिक्षक नेपालका अनुसार बिहिबार आयोजित दीक्षान्त समारोहमा ३२ जना विद्यार्थीहरु दीक्षित भएका छन् । स्काउटमा सहभागि विद्यार्थीहरुबीच ३२ जना विद्यार्थीहरु मात्रै दीक्षित भएको स्काउटर शिक्षक नेपालले जानकारी दिए । उनले भने–’सातामा प्रत्येक शुक्रबार गरी २४ सातासम्म आयोजित तालिममा सहभागि भएपछि उनीहरुलाई दीक्षित गराइन्छ ।’
सोही दीक्षान्त समारोहमा विद्यालयका प्रधानध्यापक लोकबहदुर लावती दीक्षित गराइएको स्काउटर शिक्षक नेपालले जानकारी गराए ।
सो अवसरमा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख थोप्राले स्काउट एक अनुशासित, मर्यादित र चरित्रवान् व्यक्ति उत्पादन गर्ने सामाजिक संस्था भएकोले सबै दिक्षीत बिद्यार्थीहरु मर्यदित भएर लाग्न अनुरोध गरे । उनले नेपालमा प्रजातन्त्रको उदयपछि देशभर शैक्षिक जागरणका निम्ति स्काउटको स्थापना भएको र त्यस मार्फत जागरणका अभियानले प्रभावकारी काम गरेको समेत बताउदै आगमी बजेट्मा स्काउट्को लागि पनि आर्थिक सहयोग गर्ने आस्वशन दिए ।
२००९ सालमा गठित स्काउट विगतमा सिमित क्षेत्रमा क्रियाशील भए पनि देशैभरी सक्रिय बनाउने उद्देश्यले सबै पालिका मार्फत सञ्चालन हुने गरी व्यवस्था भएको शिवसताक्षी स्काउट सम्योजक डिगम पराजुलीले जानकारी दिए । उनले भने नगरपालीकाले स्काउट गतिबिधी सन्चालन गर्न बजेट बिनियोजन गर्न अग्रह गरे ।
उक्त बिधयलयका स्काउट शिक्षक नेपालले बताए अनुसार स्काउटिङले शैक्षिक गतिविधि र्माफत विधार्थीहरूलाई देशभक्त र वफदार बनाउदै लैजाने बताए । उनले स्काउट मार्फत राष्ट्रिय दल धर्म र जातजाति आदि विभेदबाट टाढा रहेर शैक्षिक आन्दोलन गर्ने शक्ति भएको बताए ।
कार्यक्रममा स्काउटर तथा सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ, जन आदर्श माध्यमिक विद्यालय शिबगञ्जका स्काउट शिक्षक भक्ति काफ्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम ढुङ्गाना, बाबुलाल मर्दी लगायतको सहभागिता थियो । स्काउटर तथा विद्यालयका शिक्षक इन्द्र प्रसाद नेपालले कर्यक्रम सञ्चालन गरेका थिए ।
त्यसैगरि सोही अवसरमा बिधय्लयका शिक्षक प्रेम भुजेललाई बिदाई गरिएको थियो । १७ वर्षसम्म उक्त विद्यालयमा अध्यापन रहेका शिक्षक भुजेलको दमकमा सरुवा भएको बताइएको छ । शिक्षक भुजेललाई कार्यक्रममा दोसल्ला र सम्मानपत्र सहित बिदाई गरिएको थियो ।
