दमक, १९ फागुन–झापाका लायन्सकर्मीहरुको शुक्रबार विहान दमकमा सम्पन्न वृहत भेलाले लायन्सकर्मी बबरजंग थापा ‘किरण’लाई लायन्स क्लब इन्टनेशनल डिस्ट्रिक ३२५ सीको सेकेण्ड भाइस गभर्नर पदमा उम्मेदवारी प्रस्तुत गरेका छन् ।

दमकमा व्यवसायसंगै सामाजिक र राजनीतिक जीवनमा सक्रिय लायन्सकर्मी थापालाईं लायन्स क्बल इन्टरनेशनल डिस्ट्रिक ३२५ सीको सेकेण्ड भाइस गभर्नर पदमा उम्मेदवारी बनाउन लायन्सकर्मीहरुले प्रस्ताव गरेका हुन् ।

लयान्स क्लब माउण्ट एभरेष्टले दमकस्थित होटल केविआरमा एक कार्यक्रमको आयोजना गरेर लायन्सकर्मी थापालाई भाईस गर्भनर बनाउन प्रस्ताव सहित प्रतिवद्धता गरिएको हो । थापा दमकमा लयान्स क्लबहरुबीच पुरानो लायन्स क्लब माउण्ट एभरेष्टका संस्थापक सदस्य हुन् ।

माउण्ट एभरेष्टका अध्यक्ष लायन्सकर्मी तथा व्यवसायी भगवान बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ सीका गभर्नर धिरज गुरुङको प्रमुख आतिथ्यथा थियो ।

कार्यक्रममा सेकेण्ड भाइस गभर्नरका अर्का आकांक्षी वर्तमान सेक्रेटरी लिला चिमरियाले सहमति, सहकार्य र एकताको मुलमन्त्रलाई आत्मसाथ गर्दै आफनो दाबी छोडेर सन लायन्स बर्ष २०२३र०२४का लागि थापालाई सो पदमा समर्थन गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा दमक नगरकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, दमक जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, पूर्व अध्यक्ष प्रकाश प्रसाइँले लायन्सको क्षेत्रमा झण्डै दुई दशक बिताएका थापालाई अब सहायक सेकेण्ड भाइस गभर्नरमा अघि सार्नुको विकल्प नरहेको भन्दै आ-आफनो ठाउँबाट देशैभर अभियानमार्फतनै लायन्स क्लबहरुलाई सो बिषयमा सुसूचित गर्नुपर्ने औंल्याए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *